रामग्राम स्तूप उत्खननकाे क्रममा भेटियो प्राचीन इतिहासका अवशेष

उहाँका अनुसार यस क्षेत्रमा प्राचीनका विभिन्न भौतिक संरचना छन् । भगवान् गौतमबुद्धको अस्तिधातु रहेको उक्त क्षेत्रमा सुरुमा ‘जियोफिजिक्स’ द्वारा केही आधार खोज्ने प्रयास गरिएको थियो । उक्त ‘जियोफिजिक्स’कै आधारमा उत्खनन् गरेपछि ती भौतिक संरचना फेला परेको प्रोफेसर कनिङ्गमले जाकारी दिनुभयाे ।

रामग्राम स्तूप भगवन् गौतमबुद्धको आठ अस्तिधातु मध्येको एक हो । बाँकी सात वटा अस्तिलाई विभिन्न राजाहरूले ८४ हजार टुक्रा गरेर विभिन्न ठाउँमा बाडे पनि रामग्राम स्तूपको भने कोलि राज्यले सिङ्गो नै राखेका छन् । जसको महत्त्व अन्य स्तूपभन्दा बढी रहेको बताइँदै आइएको छ ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले उत्खननमा भेटिएको प्रमाणबाट काल निर्धारण गरिने बताउनुभयाे । उहाँका अनुसार अहिले भेटिएको विभिन्न प्रमाणले यहाँ कुन कालको संरचना हो, कस्तो मान्छे बस्थे लगायतको कुरा खुल्ने बताएका छन् । यस्तै पछिका दिनमा पनि यस क्षेत्रमा उत्खनन् कार्यलाई निरन्तर दिइने कुँवरले बताउनुभयाे ।

रामग्राम र लुम्बिनीसँगै सम्बन्धित रहेको पण्डितपुरमा पनि ‘जियोफिजिक्स’ को काम भइहरको उहाँले बताउनुभयाे । उहाँका अनुसार त्यहाँ पनि केही तथ्य भेटिएको छ । जुन प्राचीनकालको सहर हुन सक्ने अनुमान गरिएको कुँवरले बताउनुभयाे। यी क्षेत्रमा रहेको संरचानालाई संरक्षण गर्नका लागि स्थानीय तहलाई लुम्बिनी विकास कोषले ध्यानाकर्षण गराएको छ ।

यसैबीच रामग्राम नगरपालिकाका मेयर धनपत यादवले लुम्बिनी विकास कोष लुम्बिनीमै सीमित नभई रामग्रामलाई पनि गुरुयोजनाअन्तर्गत विकास गर्न आग्रह गर्नभएकाे छ ।  उहाँले भन्नुभयाे ‘रामग्राम स्तूपमा पर्यटक आउँछन् तर तथ्याङ्क के कति ? कसैसँग नभएकाले संवेदनशील हुने गरेछन् ।’

रामग्राम नगरपालिकाले लुम्बिनी विकास कोषको सहकार्यमा रामग्राम स्तूप विकासलाई रु २० लाख रकम विनियोजन गरेको रामग्राम नगरपालिकाका मेयर यादवले बताउनुभयाे ।