नवलपरासी ,मंसिर ६ ।
नेपाल र चिन सिमा नाकाबाट अबैध रुपमा पैठारी गरि लुकाई छिपाई राखेको ४ थान माेटरसाईकल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक निरिक्षक सुजन गुरुङको कमाण्डमा खटिएको ५ जनाकाे टाेलिले चाईनिज कम्पनीको जस्तो देखिने ४ थान माेटरसाईकल लुकाएर राखिएको सुचना प्राप्त भएपछि खटिएको प्रहरी टाेलिले फेला पारेको हाे ।
मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं.०५ फल्याक स्थित शाङता हुँदै डोल्पा जाने कच्ची सडक बाटो नजिक नेपाल-चिन सिमाना बाट भन्सार छली गरेर अबैध रुपमा पैठारी गरेको माेटसाईकल लुकाई छुपाई राखेकाे अवस्थामा फेला पारि आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय मुस्ताङ जोमसोम पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टाेलिले मिति २०८०।०८।०४ गते अन्दाजी ४:१५ बजेको समयमा हरियाे कालो रङको LIFAN कम्पनिको 200 cc को मोटरसाईकल १ थान ,रातो कालो रङको HONLEI कम्पनिको 150 cc को मोटरसाईकल १ थान ,रातो कालो रङको YINGANG कम्पनिको 150cc को मोटरसाईकल १ थान र कालो सेतो रातो रंङको XINGUIGUN,ZY कम्पनीको 250 cc कम्पनीको मोटरसाईकल १ थान गरि ४ थान माेटरसाईकल अन्दाजी १०,००,००० लाख बराबरको माेटरसाईकल फेला पारेको प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनु भएको छ।