Home रोचक पश्चिम नवलपरासी सुरक्षा निकायको मिलेमतोमा खुल्याम तस्करी

पश्चिम नवलपरासी सुरक्षा निकायको मिलेमतोमा खुल्याम तस्करी

पश्चिम नवलपरासी सुरक्षा निकायको मिलेमतोमा खुल्याम तस्करी भएको छ । जिल्लाकाे सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन गाउँपालिका संग भारतको उत्तर प्रदेश महराजगंज जिल्ला संग जोडिएका बजारमा पाईने  लत्ता कपडा, हाडवेयर,चिनी,टाएल,माछा,मोटर गाडिको स्पेर पार्टस,लगायतका समानहरु अबैध रुपमा राजश्व छली गरी नेपाल भित्रयाई नेपालका विभिन्न स्थानमा ओसार पोसर गरेका छन। नेपाल लुम्विनी प्रदेशको नवलपरासीका विभिन्न नाकाहरुबाट गिट्टी, बालुवा,पालाष्टिक,कबाडहरु अबैध रुपमा भारत तर्फ ओसार पोसार गरेका छन । नवलपरासी सुरक्षा निकायको मिलेमतोमा सिमाक्षेत्रमा दिउसै खुल्याम तसकरी भएको पाईएको छ । सुरक्षा निकाय संग सेटिङग नमिलाई आफनै तरिकाले भारतबाट नेपाल/नेपालबाट भारत तर्फ अबैध रुपमा ओसार पोसार गर्ने क्रम्मा प्रहरीले बरामद गरी समाचार मार्फत सार्वजनिक गरेको हुन्छ ।

तर जब व्यपारीहरु संग सुरक्षा निकायको सेटिङ मिलेपछि सिमाक्षेत्रमा कसले के गर्दैछ त्यति बेला सुरक्षा निकायको आँखा त्यता जादैन,त्यति बेला गाउँ घरमा भएको झगडा कुरा लिएर तनावमा रहेको भन्दै प्रहरी चौकीले आलटाल गर्छ  ।सिमाक्षेत्रमा यसरी खुल्याम टेकटर,साईकल,मोटरसाईकलमा राखेर भारत तर्फ ओसार पोसार भईरहेको पाईएको छ,उक्त स्थानमा न त नेपाल प्रहरी न त शस्त्र प्रहरी लुट कान्छा लुट परासी सिमाक्षेत्रमै छ सुरक्षा निकायको लुट ।यति बेला नवलपरासीको पडरी,रगरगंज,गेरमी,पिपरहवाँ, गोपालपुर,भुजहवा,हरकपुरा,बसहियाँ,गुठीप्रसौनी,रामनगर लगायतका नाकाहरुबाट विभिन्न तस्करी भईरहेको स्रोतले जनाएको हो ।स्रोतले भने अनुसार ब्यपारीहरु संग सुरक्षा निकायका प्रमुखको मिलेमतो नरहे पनि सिमाक्षेत्रमा रहेका चौकीहरुको मिलेमतोमा नै व्पायरीले अबैध तरिकाले खुल्याम ओसार पोसरा गरिरहेको हुन्छन ।यसरी खुल्याम तसकरी हुन र सुरक्षा निकाय मौन रहनु यसको मतलब व्यपारीहरु संग  हपता/महिना लिएको शङका लागिरहेको छ । स्रोतले भन्छ सिमाक्षेत्रमा चेक जाँच नहुनु र यसरी खुल्याम तस्करी हुनु सुरक्षा निकायको पनि राजश्व चुहावटमा मिलेमतो रहेको स्रोतले शङका लागेको छ ।

कुन -कुन नाकाहरुबाट अबैध रुपमा मालसमान ओसा पोसार भएको सम्बन्धित प्रहरी चौकी संग सहकार गरेर बरामद गर्नका लागि जिल्ला प्रहरी कार्यालयले  सहायक हवल्दार किरण कुँवरलाई सादा पोसाकमा अबैध मालसमान बरामद गर्नको लागि राखेको छ । तर उनले अबैध मालसमान बरामद गर्नु सट्टामा उल्टै व्यपारीहरु संग रकम लिई राजश्व चुहावट गर्न व्यपारीहरुलाई प्रोत्साहन गरेको स्रोतले बताउछ ।

हरकपुरा,बसहियाँ,गुठीप्रसौनी,रामनगर लगायतका नाकाहरुबाट अबैध रुपमा मालसमान भित्रयाई बेलाटारी ईलाका प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सेमरीको कार्यक्षेत्र हुदै बर्दघाट सम्म सुरक्षा निकायको मिलेमतोमा नेपालका विभिन्न स्थानमा पठाउने काम भईरहेको स्रोतले जनाउँछ । कुन प्रहरी चौकीको मिलेमतोमा अबैध कारोबार भएको छ उक्त प्रहरी चौकी ईन्चार्जलाई कारवाही हुन्छ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी(डिएसपी )रेशम बोहराले बताउनुभयो ।