सशस्त्र प्रहरी एक्सनमा , तस्करी को समान धमाधम समातिदै

ज्ञानेश्वर सहानी,नवलपरासी/कात्तिक ३० ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँ पालिका वडा नम्बर ०४ पाचपेडा बाट भन्सार छलेर ल्याउँदै गरेको ८ लाख रुपैया बढीको कपडा बरामद गरेको छ । प्रतापपुर गाउँ पालिका वडा नम्बर ०४ पाचपेडा बाट ८ लाख को कपडा सशस्त्र प्रहरी बल बि.ओ.पि.भुजहवाले समातेको छ ।

सशस्त्र प्रहरी बल बि.ओ.पि.भुजहवाले ८ लाख रुपैया बढी मूल्य को कपडाहरु भारतबाट भन्सार छलेर ल्याउँदै गरेको समय मा सशस्त्र प्रहरी बल बि.ओ.पि.भुजहवा बटा सशस्त्र प्रहरी निरीक्षक प्रेम कार्कीको नेतृत्वमा गएको ७ जनाको टोलीले अवैध कपडा नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बलको जनशक्तिले बरामद गरेको कपडामा ३४४ बाट मखमली लेडिज सुट रहेको छ भने उक्त सुटको मूल्य ८ लाख ६० हजार रहेको जानकारीमा आएको छ । चाडपर्वलाई लक्षित गरि अवैधकर्मीहरुले सिमानाका को भारतबाट अवैध रुपमा ल्याइएको कपडालाई सशस्त्र प्रहरीले बरामद गरेको छ।

पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट तस्करी हुने गरेपनि वास्ता नगरिएको समाचारहरु प्रकाशित भएपछि सशस्त्र प्रहरीले सक्रियता बढाएको हो । सशस्त्र प्रहरीको सक्रियतासँगै दैनिकजसो चिनी , लत्ताकपडा, किराना सामान, हार्डवेयरका सामान, खाद्यान्न, ईलेक्ट्रोनिक्स सहितका अवैध सामान बरामद हुन थालेका हुन् ।

विशेष गरी रातको समयमा गस्ती बढाएर निगरानी गरिरहेका बेला सशस्त्र प्रहरीलाई छक्काएर बिहान र दिउँसोको समयलाई प्रयोग गर्न थालेपछि अहिले विशेष टोली खटाएर नियन्त्रणकालागि परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरले जनाएको छ ।

चोरी तस्करी बढेको गुनासो पछि सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरले समेत सीमा क्षेत्रमा पैदल र सवारी गस्तीलाई बढाएर निगरानी बढाएको छ ।