मंगलापुरमा खुल्ला कबड्डी प्रतियोगिता सुरु

उमेश बि.क / नवलपरासी , कार्तिक २८ ।

पश्चिम नवलपरासीको सरावल ४ मंगलापुरमा खुला कबड्डी प्रतियोगिता शुरु भएको छ ।

दुर्गा युवा क्लब मंगलापुरकाे आयाेजनामा क्लबका अध्यक्ष बिनाेद सहानीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य विश्वप्रेम पाठककाे प्रमुख आतिथ्यतामा एक कार्यक्रम बिच कबड्डी उद्घाटन भएको हाे ।

प्रतियोगिता उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य पाठकले यश प्रतियोगिताको माध्यमबाट ओझेलमा पर्दै गएको कबड्डी खेलको प्रबर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । खेलकुदले शारीरिक व्याम देखि अनुशाशीत हुने शैली सिकिने भएकोले खेलाडीहरुले देशको नाम उच्च पार्न सँघर्ष गर्नुपर्ने बताउदै गाउँ गाउको खेलाडीहरुको मनोबल उच्च भए खेलकुद प्रतियोगिता हुँदा स्थानीय खेलाडीहरुको खेलकुद प्रती इच्छा वृद्धि हुनेमा जोड दिनुभएको थियो ।

कबड्डी प्रतियोगितामा नेपाली काङ्ग्रेस क्षेत्रीय सहसचिव पाेसचन्द्र देवकोटा , समाजसेवी जन्मेजय यादव , समाजसेवी सिकेन्द्र पठान लगाएतले खेलाडीले राम्रो गर्न सके भने आफ्नो परिवार ,वडा र समग्र पालिकाकाे नाम राेसन हुने बताउनुभयो । खेलले शरिरलाई स्वास्थ बनाउनुकाे साथै यसले राेजगार सृजना हुने बक्ताहरुले धारणा राख्नुभएको थियो ।

भुवाल काेईरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन कमलेश कहारले गर्नुभएको थियो । खुल्ला कबड्डी प्रतियोगितामा ३५ टिम सहभागी रहेको समाजसेवी जन्मेजय यादवले जानकारी दिनुभयाे।