धनगढीमाई १४ मा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न 

विनोद मण्डल, कार्तिक २७ ।

सिरहाको धनगढीमाई १४ को मडयान स्थित नन्दन आधारभूत विद्यालयको खेल मैदानमा वडा अध्यक्ष अमित ठकुरीको विशेष पहलमा आयोजित एतिहासिक फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

एतिहासिक खेलको रूपमा ” प्रथम वाडा अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता २०८० ” को औपचारिक उद्दघाटन सहित शुरुवात धनगढीमाई १४ बाट गरिएको थियो । शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा मडयान युवा टीमद्वारा आयोजित तथा वाडा कार्यालय धनगढीमाई १४ को सहयोगमा शुरू भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको छ ।

प्रथम वडा अध्यक्ष गोल्ड कपको समापन कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा बोकेर फिफा धुनसहित खेलाडीहरुलाई मैदान प्रवेश गराइएको थियो । खेल मैदानमा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव, धनगढीमाईका उपमेयर संगिता चौधरी , वडा अध्यक्ष अमित ठकुरी लागायतका अथितीगण पुगेर खेलाडीसँगै राष्ट्रिय गान गाएका थिए ।

वडा अध्यक्ष अमित ठकुरीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव, विशिष्ट अथिती उपमेयर संगिता कुमारी चौधरी , वडा सदस्य मिन बहादुर कार्की स्थानिय जनप्रतिनिधि ,समाजसेवी , विभिन्न संघ संस्थाका प्रतिनिधिहरू लगाएत खेलाडीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

खेलमा प्रथम स्थान प्राप्त गर्ने खेलाडी टिमलाई प्रमूख अथिती रामचन्द्र यादवको हातबाट शिल्ड प्रदान गरिनुका साथै खेलमा दोश्रो स्थान प्राप्त गर्ने खेलाडी टिमलाई उपमेयर संगिता चौधरीले शिल्ड र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा विजेता खेलाडीहरुलाई प्रमाण पत्र र तक्मा समेत प्रदान गरिएको थियो ।खेलाडीहरुलाई वडा अध्यक्ष अमित ठकुरीले प्रसंशा पत्र प्रदान गर्नुका साथै खेल अवधिमा स्वयंम सेवकको भूमिका निर्वाह गरेका सबैलाई सम्मान गर्नुका साथै खेललाई तार्किक निष्कर्षमा पुर्याउने वडा सचिव राम उद्दगार यादव र सन्तोष सदायलाई समेत सम्मान गरेको गरिएको थियो ।