देवगावमा आगलागी बाट घर जलेर नष्ट

परासी,कात्तिक २७ ।

 

पश्चिम नवलपरासीको रामग्राम १७ देवगावमा गएराति आगलागी हुदा एउटा घर जलेर नष्ट भएको छ । स्थानिय गुड्डु लोनियाको खपडा र जस्ता पाताले छाएको घरमा आगालागी हुदा एक तले कच्चि घर जलेर नष्ट भएको हो । आगो स्थानिय, प्रहरी र रामग्राम नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । आगालागी बाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, भाडावर्तन लगायतका सबै समान जलेर नष्ट भएपछि लोनियाको परिवार बिचल्लीमा परेका छन् ।

दिपावलीको अवसरमा बालेको दियोका कारण आगलागि भएको प्रहरीले जनाएको छ । चाडपर्व संगै जाडो पनि बढिरेहेको बेला आगालागि भएपछि उक्त परिवार पिडामा परेको छ ।  आगालागिबाट पिडित परिवारलाई आज बिहान रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको टोली तत्कालका लागी जिविकोपार्जन गर्न खाद्यान्न समाग्रि सहयोग गरेको छ । आज चामल, दाल, तेल, तरकारी, मरमसाला सहितका समाग्रि प्रदान गरेको यादवले जानकारी दिनुभयो । छिट्टै आगालागि बाट पिडित परिवारका लागी बस्ने आवासको व्यवस्था गरिने पनि नगरपालिकाले जनाएको छ ।   स्थानियले चिसोको समय भएकाले तत्कालै पिडित परिवारको पुर्नस्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।