रामग्राम ४ टाेलहरुकाे सिग्नल बाेर्ड वडा परिसर भित्र थन्काएकाे वर्षाै वित्याे

कार्तिक २६,परासी ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ काे कार्यालय परिसर भित्र टाेलहरुकाे सिग्नल बार्ड वर्षाै देखि अलपत्र अवस्थामा रखिएकाे देखिन्छ । वडाले हरेक टाेल भित्र प्रवेश गर्ने मुख्य बाटाेमा राख्नु पर्ने भएता पनि वडा अध्यक्ष मदन यादवले यश प्रति कुनै चासाे नै नराखेकाले वडा परिसर भित्र ती बार्डहरु अलपत्र परेका छन् ।

यसमा छिटाे भन्दा छिटाे नगरपालिकाले ध्यान दिई बाेर्डहरु हरेक टाेलमा प्रवेश गर्ने मुख्य बाटाेकाे छेउमा राख्न ध्यान दिनुपर्ने देखिएको छ । कुन टाेल कहाँ पर्छ भन्ने त्यस सिग्नल बाेर्डले जनाउने भएकाेले बाेर्ड राख्न वडा अध्यक्ष यादवले कुनै चासाे नलिएकाे स्थानियहरुले बताएका छन् ।