सुरेश यादव,परासी/पुष २१ । पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नं. २ बत्रौलीमा माेटरसाईकल दुर्घटना हुदा रामग्राम-५ परासी बस्ने वर्ष १८ काे दिप प्रजापतिकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ भने एक जना घाईतेकाे उपचार भई रहेकाे छ ।
परासी-सुनवल सडक खण्डकाे परासीबाट सुनवल तर्फ जाँदै गरेको लु ९८ प १७५३ नं. को माेटरसाईकल आफै अनियन्त्रित भई सोही दिशा तर्फ जाने क्रममा बिग्री (टायर पन्चर) रोकी राखेको ईन्जिन बिनाको उखु लोड भएको ट्रेक्टरको ट्रालीमा ठक्कर खादा उक्त दुर्घटना भएकाे प्रहरी जनाएको छ । माेटरसाईकलमा सवार रामग्राम -५ परासी बस्ने वर्ष १९ काे सुरज सहानीकाे दुवै चाेट लागेकाे र उनकाे भैरहवा मेडिकल कलेजमा उपचार भई रहेकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।
मृतकको हव भैरहवा मेडिकल कलेज रुपन्देहीमा पोष्टमार्टम गरि आफन्तलाई बुझाईएकाे र घाईते सहानीकाे अवस्था सुधार उन्मुख रहेकाे सुचना अधिकारी बाेहराले बताउनुभयाे । दुर्घटना शनिबार राति करिव २ बजेकाे समयमा भएकाे थियाे ।