निर्दयतापुर्बक कुकुरहरु मार्ने सुस्ताबाट २ जना पक्राउ

सुरेश यादव,परासी / १७ पुष ।
पश्चिम नवलपरासीको सुस्ता बाट निर्दयता पुर्वक कुकुरहरु मारेकाे अभियाेगमा २ जना पक्राउ परेका छन् । ५ वटा कुकुरको बच्चा र १ वटा माउ कुकुरलाई नदि किनारामा निर्दयतापुर्वक मारि रहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको गुनासो प्राप्त भएपश्चात उनीहरलाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।

सूक्ष्म रुपमा बुझ्दै जादा सो घटना सुस्ता गाउँपालिका वडा नं ५ बेलवानी बस्ने बर्ष ३३ को राज कुमार सारु मगरले नारायणी नदिको छेउ ठांडीघाट स्थित ५ नं. ठोक्कर छेउमा गएकाे पुस १३ गते साझ ४:३० बजेको समयमा मारेकाे र साेहि ठाउँ बस्ने वर्ष २८ को अमन कुमार चिडी मगरले भिडियो बनाई आफ्नो सामाजिक संजाल फेसबुक आईडीबाट पोष्ट गरेको खुलेकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बाेहराले बताउनुभयाे ।

पक्राउ परेकाे कार्य प्रति मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरको उलंघन देखिदा सो कसुरमा संलग्न उनीहरुलाई आज म्याद थप गरि आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिई जिल्ला अदालत परासीबाट पशुपन्छी सम्बन्धी कसुरमा ७ दिन म्याद थप भई इलाका प्रहरी कार्यालय बेलाटारीबाट थप अनुसन्धान कार्य भईरहेको सुचना अधिकारी बोहराले जानकारी दिनुभयाे ।