सुरेश यादव,परासी / पुस ११ ।
पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल तरुण दल नवलपरासीको तरुण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल तरुण दल जिल्ला कार्य समितिकाे आयाेजनामा अन्तरक्रिया भएकाे हाे ।
नेपाल तरुण दल नवलपरासीका सभापति शुक्र बहादुर गुरुङको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीकाे प्रमुख आतिथ्यता एवम् प्रतिनिधि सभा सदस्य विनाेद कुमार चाैधरीकाे विशिष्ट आतिथ्यतामा अन्तरक्रिया गरिएको हाे ।
अन्तरक्रिया कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सभापति मुकुल आचार्य,महिला केन्द्रीय सदस्य कमला तिवारी लगायत तरुण दल जिल्ला कार्य समितिकाे उपस्थिति रहेकाे थियाे ।