सुरेश यादव,परासी / पुस १० ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ३ काे वडा कार्यालय भवनकाे एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य विनाेद चाैधरीले शिलान्यास गर्नुभएको छ । शिलान्यास गर्दै सांसद चाैधरीले हरेक सेवा ग्राहीले सुविधा सम्पन्न भवनबाट लाभ लिनुपर्ने बताउनुभयो । साथै हरेक वडा कार्यालयले सहज र सरल तरिकाले सेवा प्रदान गर्नुपर्ने जाेड दिनुभयाे ।
वडा नं ३ का वडा अध्यक्ष प्रकाश अधिकारीकाे अध्यक्षतामा भएकाे शिलान्यास भवन रु ६६ लाखकाे लागतमा ४ काेठे भवन निर्माणकार्य सम्पन्न हुने जनाइएको छ ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भु लाल श्रेष्ठ,वडा नं ३ का वडा सचिव मधु पराजुली लगायत स्थानीयहरुकाे उपस्थिति रहेकाे वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयाे ।