सुरेश यादव,परासी / पुस ०८ ।
पश्चिम नवलपरासीको बर्दघाटमा आठौं बर्दघाट महाेत्सव २०८१ एक कार्यक्रमका बिच सुरु भएकाे छ । बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्याैपानेकाे अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य विनाेद चाैधरीकाे प्रमुख आतिथ्यतामा महाेत्सव सुरु भएकाे हाे । महाेत्सवलाई उद्घाटन गर्दै प्रमुख अतिथि चाैधरीले उद्योगी व्यवसायी लाई अगाडी बढाउन सम्पूर्ण सराेकारवाला लगानु पर्ने जाेड दिनुभयो । बर्दघाट क्षेत्रमा उद्योगहरुकाे स्थापना हुने प्रक्रिया अगाडि बढी रहेकाे बताउनुभयाे ।
बर्दघाट उद्योग वाणिज्य संघकाे आयनेजना तथा बर्दघाट नगरपालिकाकाे संरक्षकत्व एवम् नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशकाे सह-आयाेजनामा महाेत्सव पुस ८ गते देखि १८ गतेसम्म सञ्चालन हुने काेषाध्यक्ष जीतबहादुर चाैधरीले जानकारी दिनुभयाे ।
कार्यक्रममासविधानसभा सदस्य सिन्धु जलेसा,नेपाल सरकारका सय दिने अभियानका संयाेजक चन्द्र केसी,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी,प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ,जिल्ला समन्वय समिति प्रमुख भगाैती यादव रुदल,बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भु लाल श्रेष्ठ,खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेश संयाेजक थान प्रसाद गैरे,वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तारा गाैतम लगायतले बाेल्नुभएकाे संघका सचिव डिल्लीराज कंडेल जानकारी दिनुभयाे ।