सुरेश यादव,परासी / मंसिर २३ ।
पश्चिम नवलपरासीको परासीमा ७६ ओैं मानव अधिकार दिवसकाे अवसरमा लुम्बिनी प्रदेशमा मानव अधिकारकाे अवस्था र राज्यकाे दायित्वकाे विषयमा अन्तरक्रिया कार्यक्रम भएकाे छ । राष्ट्रिय मानव अधिकार आयाेग लुम्बिनी प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवालीकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया भएकाे हाे ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख यादवले मानव अधिकार सम्बन्धि ज्ञान लिन आग्रह गर्दै स्थानीय सरकारले आफ्नाे अधिकार निर्माण गरेर जानू पर्ने जाेड दिनुभयाे । सबैले सामान रुपमा अधिकार पाउनुपर्ने बताउनुभयाे र सम्पूर्ण सरकारी कार्यालयले सेवा ग्राहकलाई सहज रुपमा सेवा दिनुपर्ने आवश्यक रहेकाे बताउनुभयाे । भने राष्ट्रिय मानव अधिकार आयाेग लुम्बिनी प्रदेश प्रमुख ज्ञवालीले शिक्षा, वातावरण, स्वास्थ्य, किसान, समाज, बालबालिका र महिलाकाे अधिकार बारे प्रकाश पार्नुभएकाे थियाे ।
कार्यक्रममा रामग्राम नगरपालिकाकी उप प्रमुख सम्झना चाैधरी,भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली,नेपाल रेडक्रस नवलपरासी शाखा अध्यक्ष राजेन्द्र अग्रहरी,युवा अभियान्ता रवि पाण्डे,उपभोक्ता हकहित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष सरस्वती शर्मा,नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार,एमनेष्टी ईन्टरनेशनल परासी समूह ३१ का संयाेजक एवम् पत्रकार उमेश बि.क,कानुन विद्यार्थी सन्दिप यादव,किसाेर किसाेरी संजालका अध्यक्ष सन्दिप बि.क,किसान एवम् पत्रकार देशवन्धु यादव,मानव अधिकार संजाल नवलपरासी संयाेजक विष्णु थापा,राष्ट्रिय अपांग खेलकुद संघका केन्द्रीय सदस्य रामनारायण कुर्मी लगायतले मानव अधिकारकाे अवस्था बारे धारणा राख्नुभएको मानव अधिकार संजाल नवलपरासीका सह-संयाेजक रन्जित शर्माले जानकारी दिनुभयाे ।