बडहरा दुबाैलिया आय आर्जन सहकारीकाे २६ ओैं वार्षिक साधारणसभा सम्पन्न

सुरेश यादव,परासी / मंसिर १६ ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ५ मा अवस्थित बडहरी दुबौलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि.काे २६ ओैं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष विरेन्द्र प्रसाद यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिकाकि उपाध्यक्ष बासमति हरिजनकाे प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि हरिजनले कसैकाे भ्रममा नपरि सहकारीबाट लिएकाे ऋण समयमा भुक्तान गरि असल ऋणीकाे रुपमा पहिचान दिन आग्रह गर्दै आफुलाई आवश्यकता अनुसार मात्र बैंक वा सहकारी संस्थाबाट ऋण लिन अनुराेध गर्नुभयाे । याे सहकारी संस्था सम्पुर्ण सेयर सदस्यहरुकाे याेगदानले उत्कृष्ट संस्थाकाे रुपमा परिचित भएकाे बताउनुभयो ।

वार्षिक प्रतिवेदन र निति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष यनदवले आ.व.२०८०/०८१ रु २ कराेड ८७ लाख ६५ हजार ४ सय ७५ कुल कुल आम्दानी गरि जसमा रु २ कराेड ६२ लाख ७१ हजार ४ सय ४९ खर्च गरि रु २४ लाख ९४ हजार २६ शुद्ध नाफा भएकाे जानकारी दिनुभयाे । संस्थामा १७१९ महिला र ८४१ पुरुष र संस्थागत १० गरि २५ सय ७० जना सेयर सदस्य रहेकाे लेखा समिति संयाेजक शैलेश कुमार चाैधरीले जानकारी दिनुभयाे ।

सेयर सदस्यकाे परिवारमा कसैकाे मृत्यु भएकाेमा संस्थाले रु ५ हजार नगद सहयोग गर्ने गरेकाे काेषाध्यक्ष रमाशंकार गुप्ताले बताउनुभयो । साथै रु ५ हजार विमा बचत गर्ने सदस्यहरुकाे रु १ लाखकाे जीवन विमा गर्ने र रु १० हजार बचत गर्नेहरुलाई रु २ लाखकाे जीवन विमा गर्ने गरिएकाे संस्थाका व्यवस्थापक रामचन्द्र राजभरले जानकारी दिनुभयाे ।

संस्थाले आफ्नाे क्षेत्रका जनताहरुले स्वदेश तथा विदेशबाट रेमिटेन्सकाे रुपमा पठाएको पैसा लिन बाहिर जाने समस्यालाई मध्य नजर गरि सम्पूर्ण किसिमका रेमिट कम्पनीसँग सम्झौता गरि प्रभु मनि ट्रान्सर्फमर,हिमाल रेमिट,सिटी एक्सप्रेस,सनिमा एक्सप्रेस,नेपाल रेमिट,ई-सेवा र अनलाइन विद्युत महसुल बुझाउने सेवाहरु सञ्चालनमा रहेकाे संस्थाका सचिव प्रदिप कुमार गुप्ताले बताउनुभयाे ।

साथै कार्यक्रममा उत्कृष्ट बचत कर्ता,असल ऋणी,सकृय सदस्य,वृद्धवृद्धा सदस्यहरुलाई नगद सहित दाेसल्ला ओढाइ सम्मान गरिएकाे व्यवस्थापक राजभरले जानकारी दिनुभयाे । संस्था २०५५ साल चैत ९ गतेकाे संस्थापक अध्यक्ष नन्दलाल राजभरकाे अध्यक्षतामा महिला ३० र २४ पुरुष गरि ५४ जना सेयर सदस्यहरु बाट बडहरा दुबौलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि.डिभिजन सहकारी कार्यालय परासीमा दर्ता गरि संचालन गरिएको थियाे ।

कार्यक्रममा सरावल गाउँपालिका पर्वक्ता एवम् वडा नं ४ का वडा अध्यक्ष सुरेश प्रसाद यादव,वडा नं ५ का वडा अध्यक्ष लक्ष्मण प्रसाद चाैधरी,सरावल गाउँपालिका कृषि शाखा प्रमुख कुलदिप मिश्रा,सहकारी शाखा प्रमुख निसा चाैधरी,वडा नं ५ का पुर्व अध्यक्ष दिनेश सहानी,संस्थाका व्यवस्थापक रामचन्द्र राजभर,पत्रकार सुरेश यादव लगायतले बाेल्नुभएकाे थियाे भने स्वागत मन्तव्य संस्थाकि सह-व्यवस्थापक ईश्वरी राजभरले व्यक्त गर्नु भएकाे कार्यक्रम संचालक पत्रकार उमेश बि.क.ले जानकारी दिनुभयाे ।