सुनवलमा साढे ३ बर्षअघि निमार्ण सम्पन्न भएको पशु सेवा केन्द्रको उद्घाटन

नवलपरासी / मंसिर ०८ ।

पश्चिम नवलपरासीको सुनवल—२ मा साढे ३ बर्षअघि निमार्ण सम्पन्न भएको पशु सेवा केन्द्रको उद्घाटन गरिएको छ । वडा नम्बर—२ का अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले पशु सेवा केन्द्रको संचालनसगैँ अब उपचारका परासी जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभएको छ । उहाले केन्द्रमार्फत पशुमा लाग्ने रोगको निशुल्क उपचार, औषधिको ब्यवस्था, खोप कार्यक्रम र परामर्शको सुबिधा रहेको बताउनुभयो ।

बिहान १० बजेदेखि साझँ ५ बजेसम्म पशुपालक किसानहरुको घरसम्म गएर सेवा दिने व्यवस्था मिलाइने वडा अध्यक्ष यादवले बताउनुभएको छ । उहाले यसअघि पशुमा लाग्ने रोगका कारण धेरै गाईँ—भैसीहरु मर्दा समस्यामा भएको भन्दै केन्द्रको संचालनसगैँ नयाँ उर्जा थपिएको बताउनुभयो ।
साथै भोलिका दिनमा पशु सेवा केन्द्रमा ओैषधी तथा कर्मचारीलगायतका कारण किसानहरु समस्यामा पर्ने दिन नआओस भन्दै ध्यानाकर्षण गराएको थियो । करिब डेढ करोडको लागतमा २०७८ सालमा शिलान्यास गरिएको केन्द्रको नेपाल लाइभ स्टक सेक्टर ईनोभेसनले २०७९ मा निर्माण सम्पन्न गरि नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।