रामग्राम १५ काे नयाँ भवन नगर प्रमुख यादव द्वारा शिलान्यास

सुरेश यादव,परासी / मंसिर ०८ ।

पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं १५ काे नयाँ वडा कार्यालयकाे भवन नगर प्रमुख धनपत यादवले शिलान्यास गर्नु भएकाे छ । रामग्राम १५ का वडा अध्यक्ष धनपत यादवकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवकाे प्रमुख आतिथ्यतामा नयाँ भवनकाे शिलान्यास भएकाे हाे ।

नगरपालिकाले भवनकाे रु ३७ लाख ८९ हजार ४ सय २ लागत रकम अनुमान गरेकाेमा पवन कन्स्ट्रक्सन एण्ड सप्लायर्स परासीले रु २४ लाख ८२ हजार ९ सय १५ लागतमा निर्माणकार्य सम्पन्न गर्ने ठेक्का लिएकाे छ । अन्डर ग्राउन्ड पार्किङ सहित ३ तल्ले भवन निर्माण हुने डिपिआर बनाइएको वडा अध्यक्ष यादवले बताउनुभयाे । तर बजेट प्रयाप्त नभएकाले भवन याे रकममा निर्माणकार्य सम्पन्न हुन नस्कने त्यसको लागि आउने आर्थिक वर्षमा भवनकाे निर्माणकार्य सम्पन्न गर्ने गरि बजेट छुट्टयाईने नगर प्रमुख धनपत यादवले जानकारी दिनुभयाे ।

वडाकाे पुरानो एकदम जिर्ण हुँदै गएकाले नयाँ भवनकाे शिलान्यास गरिएको प्रमुख प्रशासकिय अधिकृत कुवँरले बताउनुभयाे र यस्तै जिर्ण रहेका अरुकाे वडाहरुकाे भवन निर्माण गरिने उहाँले जानकारी दिनुभयाे । याे बजेट बराबरकाे भवन आउने पुस २० गते भित्र निर्माणकार्य सम्पन्न हुने भाैतिक पुर्वाधार शाखा प्रमुख कमलेश्वर ठाकुरले बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख सम्झना चाैधरी,प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुवँर,पुर्व उपप्रमुख रम्भा कुवँर,वडा नं १४ का वडा अध्यक्ष ओमप्रकाश यादव,वडा नं १६ का वडा अध्यक्ष विजय कुमार यादव,वडा नं १५ वडा सचिव लगायतले बाेल्नु भएकाे थियाे ।