६९ ओैं प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय नवलपरासीले मनायो

सुरेश यादव,परासी / असाेज ३० ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले ६९ ओैं प्रहरी दिवस मनाएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालकाे अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठकाे प्रमुख आतिथ्यतामा प्रहरी दिवस मनाइएको हाे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुवर,सशस्त्र प्रहरी बल २६ नं हेडक्वाटर नवलपरासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्ले, गाेरख दल गण नवलपरासीका सेनानी रमेश चन्द,राष्ट्रिय अनुसन्धान विभाग नवलपरासीका उप निर्देशक विमल घिमिरे,महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धि कुमार चुडाल,पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.माेहम्मद नुरुल हाेदा,पुर्व प्रहरी संगठन नवलपरासीका अध्यक्ष ओम प्रकाश चाैधरी,पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा लगायत पुर्व प्रहरी कर्मचारी,रामग्राम नगरपालिका वडा नं १ देखि १८ सम्मका वडा अध्यक्षहरु र संचारकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा पुर्व प्रहरी कर्मचारीहरु,अमर प्रहरीका परिवारजनहरुलाई र उत्कृष्ट प्रहरीहरुलाई सम्मान गरिएको थियाे भने जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बाेहराले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम संचालक प्रहरी निरीक्षक सन्ताेष पाैडेलले जानकारी दिनुभयाे ।