सुरेश यादव,परासी / असाेज १९ ।
पश्चिम नवलपरासीको पुर्व पश्चिम राजमार्ग सडकखण्ड स्थित सुनवलमा माईक्रोबसले माेटसाईकललाई ठक्कर दिदा माेटरसाईकल चालककाे मृत्युु भएकाे छ ।
साझ ५:३० बजेकाे समयमा सुनवल नगरपालिका वडा नं ७ ज्यामिरे चोक स्थित पुर्व- पश्चिम राजमार्गमा बुटवलबाट बर्दघाट तर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरकाे माइक्रोबसले सोही दिशा तर्फ जादै गरेको लु ७९ प ९१४० नम्बरकाे माेटरसाईकललाई ठक्कर दिँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाइते भएका छन् । घाईतेहरुकाे उपचार देवदह मेडिकल कलेज भलुहीमा उपचार भईरहेकाे छ ।
मोटरसाईकल चालकलाई साझ ६ :३५ बजेकाे समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी रेशम बाेहराले जानकारी दिनुभयाे । बस र चालक प्रहरीकाे नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चालक रुपन्देहीकाे तिलोत्तमा न.पा.६ – १० नं टोल बस्ने बर्ष ३० का ऋिषि लम्तरी रहेकाे र मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाईएको सुचना अधिकारी बाेहराले बताउनुभयाे । माेटरसाईकलमा पछाडि सवार साेहि स्थान बस्ने वर्ष २९ काे बिवेक गुरुङको दुवै खुट्टा र अनुहारमा चोट लागेकाे डिएसपी बाेहराले जानकारी दिनुभयाे ।