सडक दुर्घटना सम्बन्धि कृतिम घटनामा आधारित विपत जाेखिम न्युनिकरण तथा प्रतिकार्य अभ्यास कार्यक्रम पाल्हिनन्दनमा सम्पन्न

सुरेश यादव,परासी / असाेज १७ ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाकाे परिसरमा सडक दुर्घटना सम्बन्धि कृतिम घटनामा आधारित विपत जाेखिम न्युनिकरण तथा प्रतिकार्य अभ्यास कार्यक्रम गरिएकाे छ ।

सशस्त्र प्रहरी बल २६ नं गण हेडक्वाटर पश्चिम नवलपरासीको आयाेजना तथा पाल्हिनन्दन गाउँपालिकाकाे समन्वय एवम् जिल्ला प्रहरी कार्यालय नवलपरासी,जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी,नेपाल रेडक्रस साेसाईटी नवलपरासी र नगर प्रहरी पाल्हिनन्दनकाे सहकार्यमा सडक दुर्घटना न्युनिकरण सम्बन्धि अभ्यास गरिएको हाे ।

सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपककाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गुप्ताले सडक दुर्घटना न्युनिकरण गर्न हरेक टाेल देखि सहरसम्म सडक दुर्घटना न्युनिकरण सम्बन्धि सचेतना जगाउन आवश्यक रहेकाे बताउदै यसको न्युनिकरण का लागि सम्पुर्ण सराेकारवाला लाग्नुपर्ने जाेड दिनुभयाे ।

कार्यक्रममा सशस्त्र प्रहरी सिमा सुरक्षा बल हरपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारी,सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बाेहरा लगायतले सडक दुर्घटना न्युनिकरण सम्बन्धि बाेल्नुभएकाे थियाे ।