सुरेश यादव,परासी / असाेज १३ ।
मुलपानी सामुदायिक वन उपभोक्ता समुह सुनवल ४ काे ११ वार्षिक साधारणसभालाई सम्वाेधन गर्दै लुम्बिनी प्रदेशका पुर्व उद्योग,पर्यटन तथा सहकारी मन्त्री एवम् प्रदेश सभा सदस्य खड्ग बस्नेतले वनलाई संरक्षण तथा पैदवारकाे लागि राज्यले मात्र नभई सामुदायले समेत लाग्नु पर्ने बताउनुभयाे । साथै वनबाट दाउरा बेच्ने र आर्थिक आर्जन गर्ने मात्र नभई स्वाच्छ हावा र हराभरा बनाउन आवस्यक रहेकाे जाेड दिनुभयाे । यस्तै सुनवल नगरपालिकाकाे प्रमुख बिमला अर्यालले सामुदायिक वनले गरि रहेकाे समाजमा हरेक क्रियाकलापले गर्दा यस क्षेत्रकाे विकासकाे काममा सहयाेग पुग्ने गरेकाे बताउनुभयाे ।
मुलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवल ४ दामोदरकुण्डका अध्यक्ष यज्ञ प्रसाद पाण्डेकाे अध्यक्षता रहेकाे कार्यक्रममा सुनवल नगरपालिकाककाे उप प्रमुख सुर्य प्रसाद दुवे,डिभिजन वन कार्यालय परासीका निमित्त वन अधिकृत मुसाफिर भगत,सव डिभिजन वन कार्यालय सनवलका प्रमुख मरिच कुमार लामा, महाकवि देवकाेटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने,नेपाल रेडक्रस साेसाईटी उपशाखा सुनवलका सभापति गाेपाल प्रसाद शर्मा,ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक सन्ताेष पाैडेल,वन समुहका सल्लाहकार उमाकान्त उपाध्याय लगायतले बाेल्नुभएकाे थियाे ।
वन समुहले आ.व २०८०/०८१ मा २ कराेड ६२ लाख १० हजार ७० रुपैया बराबरकाे काराेवार गरेकाे काेषाध्यक्ष अवधेश कुमार यादवले जानकारी दिनुभयाे । यस वन समुहकाे कुल ६२७ घरधुरी गरि ३१२३ उपभोक्ता रहेकाे र यसकाे ३२९.५२ हेक्टर क्षेत्रफल रहेकाे सचिव समीक्षा सिंजापतीले जानकारी दिनुभयाे ।
यसकाे कार्यक्षेत्र सुनवल नगरपालिकाकाे वडा नं १,२,३ र ४ , रामग्राम नगरपालिका वडा नं ४ र पाल्हिनन्दन गाउँपालिका वडा नं १ रहेकाे साथै आ.व २०८०/०८१ मा ५ जना उपभोक्तालाई छाटि काट्ने मेसिन,२० जनालाई उन्नत जातकाे बाेएर बाख्रा,६ वटा समुहलाई पानी तान्ने पम्फुसेट र माेटर ,६ जनालाई भैसीकाे पाडी वितरण गरिएकाे वन समुहका उपाध्यक्ष एवम् रामग्राम ४ का वडा सदस्य प्रभु लाल माैर्यले बताउनुभयो ।