सुरेश यादव,नवलपरासी / असाेज १० ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ५ नारायणी पारी सुस्ता गाउँलाई जाेड्ने झाेलुङ्गे पुलकाे उ्द्घटानकाे क्रममा बाेल्दै राष्ट्रपति रामचन्द्र पाैडेलले लामाे समय पछि आफ्नै देशकाे बाटाे प्रयाेग गरि आवतजावत गर्न झाेलुङ्गे पुल निर्माण भएकाे र राष्ट्रिय प्रसारण लाईन विद्युत समेत पुगेपछि सुस्ता वासीलाई धेरै सहज पुग्ने बताउनुभयाे । साथे अब केही वर्षमा सुस्ता वासीकाे लागि नारायणी नदिमा पक्की पुलकाे निर्माण हुने जाेडदिनु भयाे ।
साथै उर्जा मन्त्री दिपक खड्काले सुस्ता गाउँ वासीकाे लागि एक वर्ष नि:शुल्क विद्युत वितरण गरिने घाेषणा गर्नुभयाे । सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको औपचारिक उद्घाटन भएको छ ।
निर्माण सुरु भएको नौ वर्षपछि मात्र पुलको राष्ट्रपति पौडेलले उद्घाटन गर्नु भएकाे हाे । ठेकेदार कम्पनीको लापरबाहीले बारम्बार अलपत्र छाडिँदै आएको झोलुङ्गे पुल निर्माण भएको झन्डै एक दशकपछि सुस्तावासीले प्रयोग गर्न पाएका हुन् ।
असोज २०७२ मा निर्माण सुरु भएको यो पुल पुस २०७५ मा निर्माण सकिनुपर्ने थियो । ठेकेदार कम्पनीले बारम्बार अलपत्र छाड्दा समयमै काम पूरा भएको थिएन । त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले २० करोड ९३ लाखकाे लागतमा ठेक्का लिएर पुल निर्माण गरेको हो । याे पुल निर्माणका लागि नारायणी नदिमा १४ वटा पिलरकाे समेत निर्माण गरिएकाे छ ।