परासी / असाेज ०५ ।
बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा रहेको चिसापानी अस्पतालमा चमेना गृह निर्माण भएको छ । आज एक कार्यक्रम बिच संविधान सभा सदस्य सिन्धु जलेसाले नवनिर्मित चमेना गृहको उद्घाटन गर्नु भएको हो । उहाँले अस्पतालमा चमेना गृह निर्माण हुनुले सजिलो भएको बताउदै निर्माणमा सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख श्रेष्ठले बिगतमा अस्पतालमा क्यान्टिन नहुँदा अस्पतालमा रहेका बिरामी,बिरामी कुरुवा र अस्पतालमा आउने हरुकालागी निकै असहज भएको उल्लेख गर्दै चमेना गृह निर्माणले सहज हुने बताउनु भयो ।शुद्द र स्वस्थ्यकर खाना खुवाउन समेत उहाँले आग्रह गर्नुभयो ।
नगरपालिकाका कर्मचारी,अस्पतालका डाक्टर,कर्मचारी एवम् ब्यवस्यायिहरुको स्वस्फूर्त सहयोगमा चमेनागृह निर्माण गरिएको बताईएको छ ।कार्यक्रममा संविधान सभा सदस्य सिन्धु जलेसा,सामाजिक बिकास समिती संयोजक भिमकाजी गुरुङ,नेपाली काङ्ग्रेसका जिल्ला सचिव कुलदिप आचार्य लगायतको उपस्थिति रहेको थियो ।
केही रकम उठ्न बाकी नै रहेकाले क्यक्न्टिन निर्माणमा उठेको रकम र लागत खर्चको हिसाबकिताब हुन बाकी रहेको अस्पतालका गुणस्तर सुधार समितीका संयोजक यम बहादुर थापाले बताउनुभयो ।सययोगी दाताहरुको नामावली शिलालेखमा समावेस गरिएको छ ।