शान्ति – सुरक्षा र अपराध नियन्त्रण लागि खटिएका प्रहरीको दादागिरी

नवलपरासी /असाेज ०२ ।

ईलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक फल बहादुर तामाङ्ग को सरुवा थियो तामाङको सरुवासंगै ईलाका प्रहरी कार्यालय महेशपुरमा गंगादत्त बाडु आएका छन् । उनी जिल्ला प्रहरी कार्यालय कैलाली अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट आएका हुन्।

तर उहाँको सफलता हेर्नुभयो भने गंगादत्त बाडु आउने बित्तिकै तस्करी-चोरी र झैँ झगडाहरू घटनाहरू घट्नु सट्टा झन् बढ्दै गइरहेका देखिन छ । टोलहरूमा होहल्ला गर्ने,चोरी- तस्करी झैँ झगडाका घटनालाई हुन नदिने काममा दिनरात खट्ने प्रहरी विकासको आधार पनि हो ।

गए राती दुई पक्षमा झगडा हुँदा इलाका प्रहरी कार्यालय महेशपुरले पहिलादेखि नै चौकमा प्रहरी ड्युटीमा खटाउँदै आएको हो तर मंगलबार राति प्रहरी जवान गौतम यादव लाई ड्युटीमा खटाएको थियो । एकजना स्थानीयले भने सर त्यहाँ झगडा हुँदैछ र हजुर जानु प्रहरी जवानले जवाफ दिँदै भने त्यस्तो झगडामा जान्न हुन दिए हुन्छ झगडा ।

त्यति मात्रै सुन्दै स्थानीय युवा त्यहाँबाट हिँडे झगडा झन् बढ्दै गएपछि युवकले इलाका प्रहरी कार्यालयका महेशपुर इन्चार्ज गंगादत्त बाडु लाई फोन गरे त्यसपछि युवाले भने सर अमानीगञ्ज र महेशपुरको सिमाना पुलबीच दुई पक्षमा झगडा हुँदैछ। र केही समयपछि प्रहरी आएपछि झगडा शान्त भएको थियो।

उहाँ आउने बित्तिकै इन्चार्ज सम्हालेका गंगादत्त बाडुले शान्ति र सुरक्षा र अपराध नियन्त्रण गर्ने आएका हुन्। महिना दिन नबित्दै बाडुको कार्यकालमा हिन्दु र क्रिश्चियन बीच विवाद र दुई गुट बीच झडप भएको थियो। त्यस्तै जिल्लाको पाल्हिनन्दन वार्ड नं ३ पालिकाभन्दा एक किलोमिटरको दुरीमा एक युवकले परसिया गाउँमा हतियार लिएर गाउँका मान्छेले डराउने र आतंक मच्चाएको स्थानीयहरूले बताएका छन्। महेशपुर परासी सडकखण्ड परसिया सडक केही घण्टा बन्द रहेको स्थानीय सुरज गुप्ताले बताएका छन् ।

त्यस्तै मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने काम नेपाली नागरिकको हो तर त्यसबाहेक मुलुकको सीमा सुरक्षा, चेलिबेटी बेचबिखन,रोकथाम, चोरी , तस्करी लागूपदार्थको कारोबारको रोकथामलगायतका कार्यहरू गर्ने दायित्व नेपाल प्रहरी रहेको छ ।

प्रहरीको मूल कार्य शान्ति सुरक्षाका लागि कार्य गर्ने हो । त्यसबाहेक विविध समस्या जनहितका पक्षमा लाग्ने हो । नागरिकका लागि सर्वत्र हामी सुरक्षित रहने भन्ने वातावरणको सिर्जना गर्नुपर्छ ।

मुलुकभरका टोलटोलमा नागरिकका लागि सुरक्षार्थ गस्ती गरी हामी सुरक्षित छौं, कुनै चिन्ता छैन भन्ने प्रत्याभूति आमनागरिकमा गराउने कार्य प्रहरीबाट भएको छ भने महेशपुरमा तर देखिएको छैन ।

टोलहरूमा होहल्ला गर्ने, चोरी लुटपाटका घटनालाई हुन नदिने काममा दिनरात खट्ने प्रहरी विकासको आधार पनि हो । हरेक विकासका लागि पहिलो सर्त भनेकै शान्ति सुरक्षा हुन आउँछ । आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक विकासमा पहिलो सर्त शान्ति सुरक्षा नै हो ।