सुरेश यादव,परासी / असाेज ०२ ।
जनमत पार्टी नवलपरासीले जिल्ला स्तरीय प्रशिक्षण तथा दशै,तिहार तथा छठ्ठ पर्वकाे शुभकामना आदानप्रदान सम्पन्न भएकाे छ । जनमत पार्टी नवलपरासीका अध्यक्ष कृष्ण कान्त चाैधरीकाे अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य डा.सि के राउतकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि राउतले देशमा कुनै एक राजनितीक दलले एकल बहुमतले सरकार सन्चालन गर्न आवश्यक रहेकाे बताउनुभयो । मधेसमा पटक पटक आन्दोलन भयाे तर जनताले त्यसकाे कुनै प्रतिफल नपाएकाे बताउदै जनमत पार्टीले गणतन्त्र दिवसकाे दिनबाट नै नाैलाे गणतन्त्रको रुपमा आन्दोलनकाे घाेषणा गरेकाे र प्रत्यक्ष निर्वाचित राष्ट्रपटी तथा प्रधानमन्त्री काे निर्वाचन प्रणाली लागू हुनु पर्ने जाेडदिनु भयाे ।
कार्यक्रममा केन्द्रीय सचिव द्वय भुपेन्द्र यादव र बाल गाेविन्द चाैधरी,केन्द्रीय सदस्यहरु अशाेक कुमार चाैधरी,गुलाब प्रसाद चाैधरी,शैलेस चाैधरी,मनाेज ओझा,लुम्बिनी प्रदेश सभा सदस्य एवम् पुर्व समाजिक विकास मन्त्री चन्द्रकेस गुप्ता,लुम्बिनी प्रदेश सभा सदस्य गिता गुरुङ,प्रदेश सदस्य सन्ताेष गिरी,प्रदेश सदस्य कन्हैया चाैधरी,पाल्हि बहुमुखी क्याम्पसका स्ववियु सभापति ब्रिजनन्दन कुर्मी लगायतले बाेल्नु भएकाे थियाे ।