नवलपरासीका छाेटी भन्सार कार्यालय सन्चालनमा नआउदाँ राज्यको लाखाै राजस्व गुम्दै 

सुरेश यादव,नवलपरासी / भदाै २५ ।

पश्चिम नवलपरासीमा रहेका छाेटी भन्सार कार्यालय सन्चालनमा नआउदा हरेक बर्ष लाखाै राजस्व नेपाल सरकारले गुमाउदै आएकाे छ । जिल्लाकाे मुल भन्सार महेशपुर भन्सार कार्यालय अन्तर्गत रहेकाे गुठिप्रसाैनी छाेटी भन्सार कार्यालय ,भुजहवा छाेटी भन्सार कार्यालय र विष्णपुरा छाेटी भन्सार कार्यालय काेराेना काल देखि नै बन्द रहेकाे अवस्था छ ।

काेराेना कालमा बन्द भएपछि अझै सम्म सन्चालनमा आउन सकेकाे छैन । सिमा नाकासंग जााेडिएकाे भारतकाे विभिन्न ठाउँबाट आउने आन्तरिक पर्यटनहरु सवारी साधनकाे सुबिधा तथा भन्सार गराउनका लागि  महेशपुर भन्सार र भैरहवा भन्सार कार्यालय धाउनु पर्ने बाध्यता रहेकाे बताउँछन् । जुन छाेटि भन्सार कार्यालय बाट निकै टाढाकाे दुरिमा रहेकाे छ ।

भारतिय सवारी साधनकाे भन्सार गराउने कार्यालय टाढा रहेकाेले झन्झट मान्दै त्रिवेणी धाम तथा विभिन्न पर्यटन क्षेत्रमा पर्यटकहरुकाे आउने सख्या बर्सेनी कमि हुँदै  गएकाे प्रतापपुर गाउँपालिका ७ हरपुरका कन्हैया हरिजनले बताउनुभयाे । यति मात्रै नभई नेपाल भारतकाे बिच रहेकाेे राेटिबेटिकाे सम्बन्ध पनि चिसिदै गएकाे छ ।भारतियहरु नेपालमा सहजरुपमा आउन नपायपछि नेपाल र भारतमा हुँदै आएकाे एकआपसमा बैैैबाहिक कार्यक्रमहरुमा पनि समेत कमि हुँदै गएकाे स्थानीयहरुले बताएका छन् ।

छाेटी भन्सार सन्चालनमा नआएपछि राजस्व गुम्दै गएकाे सरावल ७ का वडाअध्यक्ष हेयात खा धुनियाले बताउनुभयाे । भुजहवा छाेटी भन्सार कार्यालय सन्चालनका लागि आफुले पटकपटक महेशपुर भन्सार कार्यालय लाई आग्रह गर्दा समेत कुनै पनि चासाे नलिएकाे बताउनुभयाे । भारत सीमापारी लक्ष्मीपुर, झुलनिपुर बहुआर बजार  बरगदवा बजार नाकाबाट मानिसहरुकाे  आवतजावत तथा सामानहरुकाे आयात निर्यात हुने गरेकाे वडा अध्यक्ष धुनियाले जानकारी दिनुभयाे

धेरै समय हुदा त्यहाँ रहेकाे भवन कार्यालयहरु अवस्था जीर्ण बनेका छन् । नवलपरासी २७ किलाेमिटर दुरि सीमासँग जाेडिएकाे नाकामा छाेटी भन्सार पुर्न स्थापना नहुदा चाेरी तस्करी नियन्त्रण गर्न समेत समस्या हुने गरेकाे जिल्लाका प्रहरी प्रशासनहरु दावी गर्दै आएका छन् ।

उता महेशपुर भन्सार कार्यालयका प्रमुख बुध्दि कुमार चुडालले जिल्लामा रहेका ३ वटा छाेटी भन्सार कार्यालयलाई सन्चालनमा ल्याउनकाे लागि अर्थ मन्त्रालयबाट कुनै पनि किसिमकाे निर्णय नभएकाेले सन्चालनमा ल्याउन नसकिएकाे बताउनुभयाे । हामीले मात्रै यहाँबाट सन्चालनमा ल्याउन नसक्ने अवस्था रहेकाे बताउनु भयाे । यस्काे लागि अर्थ मन्त्रालयले निर्णय गरि भन्सार बिभागलाई दिईसकेपछि भन्सार बिभागले कर्मचारी खटाई मात्र सन्चालन गर्न सकिने बताउनुभयाे ।

अर्थ मन्त्रालयले मधेश प्रदेश तथा लुम्बिनी प्रदेशकै केही ठाउँमा छाेटी भन्सार कार्यालय सन्चालनका लागि निर्णय गरे अनुसार सन्चालनमा छन । तर नवलपरासीकाे हकमा भने निर्णय गरेकाे छैन् । भुजहवा भन्सार कार्यालयकै भवनमा सशस्त्र प्रहरी बल नेपाल बसिरहेकाले पनि समस्या भईरहेकाे प्रमुख चुडालले बताउनुभयाे त्यस्तै गुठिप्रसाैनी छाेटी भन्सार कार्यालयमा समेत बिगत लामाे समय देखि बस्दै आएकाे सशस्त्र प्रहरी बल नेपाल साउन महिनामा मात्रै आफ्नै भवनमा सरेकाे छ । छाेटी भन्सार सन्चालनमा ल्याउन आफु पनि पहल गरिरहेकाे प्रमुख चुडालले बताउनुभयाे ।

१ बर्ष अगाडि प्रतिनिधिसभा सदस्य बिनाेद चाैधरीले लावा लस्करका साथ भुजहवा छाेटी भन्सार कार्यालय पुगेर चाडै भन्सार खुल्ने बाचा गरेपनि अझैै सम्म खुल्न सकेकाे छैन । छाेटी भन्सार कार्यालय सन्चालनमा नआउदा राज्यलाई करबाट आउने कराेडाै रकम नाेक्सान हुने गरेकाे पाईन्छ । साथै महेसपुर भन्सार मुल भन्सारकाे रुपमा सन्चालनमा आएकाे ७ वर्ष बितिसक्दा समेत भाैतिक पुर्वाधार कमिले सेवा सुविधा पुर्ण रुपमा सेवा ग्राहकलाई प्रवाह हुन नसकेकाे भन्सार आसपासका व्यवसायीले बताउदै यश प्रति संघिय सरकारले ध्यान दिनु पर्ने जनाएका छन् ।