बर्दघाटमा दुर्घटना हुदा उपचारकाे क्रममा १ जनाकाे मृत्यु

सुरेश यादव,परासी / भदौ २२ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १३ मा साईकल र माेटरसाईकल ठाेकिदा एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

जमुनियाबाट नारायणचाेक तर्फ जादै गरेकाे लु ४ प ७६९९ नम्बरको माेटरसाईकल नारायणचाेकबाट जमुनिया तर्फ आउँदै गरेकाे साईकल एकआपसमा ठाेकिदा दुवै चालकहरु घाईते भई भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारकाे क्रममा साईकल चालक नारायणचाेक बस्ने वर्ष ४७ काे सुरेश चाैधरीकाे आज विहान मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं डिएसपी रेशम बाेहराले जानकारी दिनुभयाे ।

माेटरसाईकल चालक प्रतापपुर गाउँपालिका वडा नं २ गाेपिगंज बस्ने वर्ष १७ काे किशाेर घाईते भएकाे उनकाे भैरहवा कलेजमा उपचार भईरहेकाे प्रहरीले जनाएको छ । मृतक चाैधरीकाे शव पाेष्टमार्टमकाे लागि भिम अस्पताल भैरहवा लगिएको र दुर्घटनाको थप अनुसन्धान भई रहेकाे सुचना अधिकारी बाेहराले बताउनुभयो ।