नवलपरासीमा यौन धन्दा माैलाउदा,प्रहरी प्रशासन माैन

नवलपरासी , भदौ १२ ।

पश्चिम नवलपरासीका विभिन्न हाेटेल ,कटेज तथा रेष्टुरेन्टमा अबैध याैन धन्दा सञ्चालन भईरहेकाे छ । जिल्लाका सात वटै पालिकामा रहेका विभिन्न साना ठुला हाेटेल कटेज तथा रेष्टुरेन्टमा याैन धन्दा भईरहेकाे स्थानीयले बताउँछन् ।

पाल्हिनन्दन गाउँपालिका वडा नं १ सुनरीमा रहेको अमन रेष्टुरेन्ट एण्ड लजमा त झन खुलेआम अबैध याैन धन्दा सञ्चालनमा रहेको छ । साना होटलहरूमा प्रहरीको आँखा सहजै पुग्ने र ठूलो लगानीका होटलमा प्रहरीले खासै वास्ता नगर्ने भएपछि ठूलो लगानीमा खुलेका होटलहरुले समेत पछिल्लो समय युवतीहरू राखेर भारतीय ग्राहक लक्षित गरेर यौन व्यवसाय गर्ने गरेको स्थानीयहरूको भनाइ रहेको छ ।

जिल्लाका पाल्हीनन्दन,सरावल ,प्रतापपुर र सुस्ता गाउँपालिका सहित रामग्राम ,सुनवल र बर्दघाट नगरपालिकामा रहेका होटलहरूले युवतीहरु राखेर खुलेआम यौनधन्दा गराउने गरेका छन् । स्थानीयले प्रहरी समक्ष गुनासो गरेपनि प्रहरी प्रशासन माैन रहेको छ ।

यस्तै पाल्हिनन्दनमा रहेको अमन रेष्टुरेन्ट एण्ड लजमा खुलेआम यौन व्यवसाय हुने गरेको भन्दै स्थानीयले गुनासो गरेपनि इलाका प्रहरी कार्यालय महेशपुर माैन बसेकाे छ । याैन धन्दा यति ढुक्कका साथ भईरहेकाे छ कि प्रहरी प्रशासन पनि साथ दिईरहेकाे स्थानीय बासिहरुले गुनासो गरिरहेका छन् । पछिल्लो समयदेखि अमन रेष्टुरेन्ट एण्ड लजले भारतीय ग्राहक समेत बाेलाउने र याैन धन्दा गराउने गरेको छ ।

प्रतापपुरमा रहेका साथी कटेज एण्ड रेष्टुरेन्ट , सुर्यपुरा रेष्टुरेन्ट एण्ड लज,गाेपिगंजकाे दि प्रिन्सा गेष्ट हाउस र ग्यालेक्सी रेष्टुरेन्ट एण्ड लज यस्तै सुस्तामा रहेको सुशान्त रेष्टुरेन्ट लगाएतका हाेटलहरुमा दिनहु भारती ग्राहकहरु संग समन्वय गरि अबैध याैन धन्दा चलेको स्थानीय बताउँछन् ।