सुरेश यादव,परासी / भदौ ११ ।
पश्चिम नवलपरासीको रामग्रामबाट प्रहरीले लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ । सुनवल नगरपालिका वडा नं ३ का देवकोटा टोल बस्ने बर्ष ३८ का केशब श्रेष्ठ र सोहि स्थानका प्रशान्त गुरुङलाई प्रहरीले नियन्त्रण्मा लिएको हो ।
रामग्राम नगरपालिका वडा नं ४ स्थीत यातायात व्यवस्था सेवा कार्यालय नजिक बाट विभिन्न प्रकारका लागु औषध सहित उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । परासी तर्फ लु ४५ प ९०९८ नम्बरको मोटरसाइकलमा आउदै गरेका उनिहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाइलकको सिट मुनि कालो प्लाष्टिकमा लुकाइ राखेको अवस्थामा लागु औषद बरामद गरेको भएको बोहोराले बताउनुभयो । नाईट्रोभेट– ३० क्याप्सुल, स्पास्मो – १८० क्याप्सुल र ओनोरेक्स – १ सय एम.एल को २ बोटल रहेको प्रहरीले जनाएको छ ।
तत्काल मोटरसाईकल र दुबै मानिसलाइ नियन्त्रणमा लिई जिल्ला अदालत परासिबाट दिन ७(सात) म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । भारतका सिमावर्ती बजार हुदै नवलपरासीका विभिन्न सिमानाका बाट लागुऔषधको व्यापक कारोबार हुने गरेको छ । नवलपरासी हुदै देशका विभिन्न स्थानमा लागुऔषधको जालो फैलदै गएपनि यस तर्फ सरोकारवाला निकायले वास्ता नगर्ने गरेको पाईन्छ ।