सुरेश यादव,परासी / साउन २७ ।
देश भरमा विभिन्न सहकारीहरुको पैसा हिनामिना काण्डले पश्चिम नवलपरासी पनि बाकी नरहेकाे देखिएकाे छ । पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०४ पाल्ही स्थित पाल्हि बहुमुखी सहकारी संस्था लिमिटेडमा ८५ लाख भन्दा बढि रकमको हिनामिना भएको छ ।
अहिले विभिन्न संचार माध्यममा यति बेला निकै भाइरल भई रहेको यो घटना पाल्हि बहुमुखी सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७९/०८० को कार्यसमिति र व्यबस्थापकको गैरजिम्मेवारी का कारणले लेखा परीक्षण गत असार २९ गते कर चुक्ता लिएका छन् । हाल अहिले २०८०/०८१ को लेखा परीक्षण हुन सकेकाे छैन् ।
व्यवस्थापक मुनलाल यादवले गत आर्थिक वर्ष सम्म लिएकाे पेस्की ३७ लाख १ हजार ९ सय ९० रूपयाँ हाल सम्म फर्छ्यौट गराई सकेका छन् भने संस्थाको ४८ लाख ७८ हजार ७ साय ६५ रूपयाँ सम्म नगद मौज्दात गरी कुल ८५ लाख ८० हजार ७ सय ५५ रूपयाँ अपचलन भएको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ ।
संस्थाका पुरुष ९७९ र महिला ३९७ गरी कुल १३७६ सेयर सदस्य रहेको यस संस्था हाल व्यवस्थापक मुनालाल यादवको कारण यस वर्ष जोखीम कर्जा कोषमा समावेश ४१ लाख ४१ हजार ९ सय ७९ रूपयाँ बाहेक ८ लाख १ हजार ९१ रूपयाँ नोक्सान रहेको देखिएको छ ।
विगतमा मुनाफामा संचालित आफनै उपयुक्त स्थानमा जग्गा र कम्पाउन्ड, गोदाम र नयाँ पुरानो भवन समेत भएको तथा जोखिम कर्जा कोष बाहेक रु. १ करोड ८ लाख ११ हजार ८७ रूपयाँ विभिन्न कोषमा रकम भएको यस संस्था यसरी नोक्सानमा जानु सञ्चालक समिति तथा व्यवस्थापकको कमी कमजोरीका कारण भएको स्पष्ट रूपमा देखिन्छ ।
यसरी व्यवस्थापक मुनलाल यादव र सञ्चालक समितिका कारण ८५ लाख भन्दा बढि रकम हिनामिना भएको तथा ४१ लाख भन्दा बढी घाटामा रहेकोका कारण संस्था मार्फत वितरण हुने मल,बीउ,ऋण आदिको लाभ जनताले लिन सकेका छैनन् ।
संस्थाका अध्यक्ष राजकिशोर गुप्ताका अनुसार “संस्थाको संचालक समितिको बैठकले व्यवस्थापकले लिएको पेश्की र नगद मौज्दातको हरहिसाब दिन तथा बाकी पैसा खातामा जम्मा गर्न पटक पटक निर्देशन दिए पनि हाल सम्म जम्मा नगरेकोले अन्तिम पटक साउन १५ गते सम्म व्यवस्थापकले म्याद लिएका बताउनुभयाे । व्यवस्थापक यादवले साउन १५ गते सम्म म्याद लिएका थिए तर हाल सम्म खातामा पैसा जम्मा नगरेको बताउनुभयाे । त्यस्तै व्यवस्थापक यादवले हिसाबकिताब मिलान गर्न अझ समय लाग्ने बताएका छन् ।
यसरी हेर्दा देशभर सहकारीले गर्दा लाखौं जनता पीडित भई रहँदा हाल पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ४,५,६ र रामग्राम नगरपालिका वार्ड नं ९ का जनता पिडित भएका छन् । व्यवस्थापकले नै लाखौंका रकम हिनामिना गरेका हुनाले जनता पिडित भएका छन् । अपचलित रकम असुल गरी ऋण लगानी तथा जोखिम कर्जा कोषमा लागि सो बराबरको रकम नोक्सान कट्टा गरी संस्थाको वासलातमा सन्तुलन गर्न सकिने तथा दोषीलाई कारबाहीको दायरामा ल्याउन पिडितहरु आग्रह गरेका छन् ।