प्रतापपुरबाट लागू ओैषध सहित एक जना प्रहरीको नियन्त्रणमा

सुरेश यादव,परासी / साउन १६ ।

प्रतापपुर गाउँपालिका वडा नं १ बाट लागू ओैषध सहित एक जनालाई नवलपरासी प्रहरीले नियन्त्रणमा लिएकाे छ । मंगलबार राति १०:३० बजेकाे समयमा प्रतापपुर १ बाउनगढी स्थित भित्री सडकखण्डकाे अमहवा देखि गाेपिगंज तर्फ आउदै गरेकाे यु ५६ यक्स ००४२ नम्बरको भारतीय माेटरसाईकल सहित लागूऔषध ल्याउदै गरेकाे प्रतापपुर १ भिठ्ठा बस्ने वर्ष २८ काे अजय यादवलाई ईलाका प्रहरी कार्यालय सेमरीले नियन्त्रणमा लिएकाे हाे ।

उनकाे साथबाट Proxico-Spas ५९ पत्ता,Nitrovet १० पत्ता,Onerex १०० मि.लि.काे ३ सिसि,Syringe २ थान र Redmi र लाभा माेबाईल १ थान साथै उनी सवार माेटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं डिएसपी रेशम बाेहराले जानकारी दिनुभयो ।

आज लागूऔषध कसुर मुद्दा दर्ता गरि जिल्ला अदालत परासीबाट ५ दिनकाे म्याद थप भई उनकाे अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ । यादवलाई लागूऔषध ऐन २०३३ काे दफा १४ झ अनुसार उल्लेखित २ देखि १० वर्ष सम्म कैद र १ लाख देखि १० लाख रुपैयाँ सम्म जरिवाना हुनसक्ने सुचना अधिकारी बाेहराले बताउनुभयो ।