सुरेश यादव,नवलपरासी / साउन १४ ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गा.पा. ५ हर्दीमा धारिलाे हतियार प्रहार गरि एक युवाकाे मृत्यु भएकाे छ । साेमबार
रातको समयमा उमेश बढईको छोरा बर्ष २० को रोशन कुमार बढई भन्ने सुर्य कुमार बढई (अबिवाहित) लाई आफ्नै घरमा सुतिरहेको अवस्थामा धारीलो हतियार प्रयोग गरी अज्ञात समुहले घाँटी काटी फरार भएकाे प्रहरीले जनाएको छ ।
विहान ४:३० बजेकाे समयमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाट प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको कमाण्डमा टोली खटिगएको प्रहरी टाेलीले घटना स्थलमा पुगि प्रारम्भिक अनुसन्धान गरि शव पृथ्वी चन्द्र अस्पताल परासी ल्याईएकाे सुचना अधिकारी एवं डिएसपी रेशम बाेहराले जानकारी दिनुभयाे ।
निजको भाइ वर्ष १६ को सन्दिप बढई समेत सोही कोठामा संगै खाटमा सूतेको तर घटनाको बारेमा थाहा नपाएको बताएका छन् । नीजलाई को-कसले धारिलो हतियार प्रयोग गरी घाँटी काटेको भन्ने नखुलेको र घटना बारे थप अनुसन्धान भईरहेकाे सुचना अधिकारी बाहराले बताउनुभयो ।