सुरेश यादव,परासी / साउन १० ।
जनमत पार्टी नवलपरासीले अधिवेशनबाट बर्दघाट नगरपालिकाकाे नगर अध्यक्षमा समसुद्धिन खानलाई चयन गरेकाे छ ।
राजकुमार चाैधरी अध्यक्षता तथा केन्द्रीय सदस्य बालगाेबिन्द चाैधरीकाे प्रमुख आतिथ्यतामा बर्दघाटकाे अधिवेशन सुरु भएकाे कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले चयन भएका नगर समितिले पार्टीको विधानअनुसार अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयाे । आउने दिनमा दिर्णता पुर्वक लाग्नु पर्नेमा जाेड दिनुभयाे ।
अधिवेशनबाट खानकाे अध्यक्षतामा ११ सदस्यीय बर्दघाट नगर कमिटी चयन गरिएकाे जनमत पार्टिका प्रदेश सदस्य सन्ताेष गिरीले जानकारी दिनुभयाे । जस्काे उपाध्यक्षमा हाजरा खातुन,सचिवमा राजकुमार चाेधरी,सह-सचिवमा रेहना खातुन,काेषाध्यक्षमा अदालत यादव र सदस्यहरुमा रविन्द्र चाैधरी,सरुद्धिन मिया,राजु खान,हृदयेश चाैधरी,सन्दिप चाैधरी र महेश फाैजदार चयन भएकाे जनमत पार्टी नवलपरासीले जनाएको छ ।