सुरेश यादव,परासी / साउन ०९ ।
पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं ९ मधवलियाबाट लागु ओैषध सहित एक जनालाई प्रहरीले प्रकाउ गरेकाे छ । वर्ष ३० काे आजाद पाठकलाई उनकै घरबाट ठुलाे परिमाण लागु ओैषध सहित गाेप्य सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टाेलीले पाठकलाई नियन्त्रणमा लिएको हाे ।
खानतलासी गर्दा पाठककाे घरकाे २ वटा काेठा र भान्सा घरबाट प्रतिबन्धित लागू ओैषध बरामद गरि उनलाई नियन्त्रणमा लिई लागु ओैषध सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि पाँच दिका लागि जिल्ला अदालत म्याद थप भई अनुसन्धान भईरहेकाे सुचना अधिकारी एवं डिएसपी रेशम बाेहराले बताउनुभयाे ।
उनकाे घरबाट ७२ एम्पुल बुप्रिनाेर्फिन,७८ एम्पुल फेनारगन,७७ एम्पुल डाईजेपाम,१०० मिलीमिटरकाे ६ बाेतल वाेनेरेक्स,नाईट्राेभेट ट्याब्लेट १०५ पिस,स्पास लेखेकाे क्याप्सुल ५१० पिस,एसपिएम-पिआरएक्सटि क्याप्सुल ७५ पिस,एन्सेल सिम,स्क्रिन टच माेबाईल १ थान गरिएकाे सुचना अधिकारी बाेहराले जानकारी दिनुभयाे । लागु ओैषध नियन्त्रण ऐन २०३३ काे दफा १४ अनुसार दुई वर्ष देखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँ देखि बीस लाख सम्म हुन सक्ने प्रहरीले जनाएको छ ।
पाठक यश अघि २०७६ पुस २६ गते लागु ओैषध सम्बन्धि कसुरमा ३ वर्ष कैद भुक्तान भई २०७९ पुस २६ करागारबाट छुटेका थिए ।