जनमत पार्टीको पाल्हिनन्दन संयाेजकमा चाैहान चयन

सुरेश यादव,परासी / साउन ०५ ।

जनमत पार्टीले पश्चिम नवलपरासी पाल्हिनन्दनकाे संयाेजकमा चन्दु चाैहानलाई चयन गरेकाे छ ।

कृष्णकान्त चाैधरीकाे अध्यक्षता तथा केन्द्रीय सचिव भुपेन्द्र यादवकाे प्रमुख आतिथ्यतामा पाल्हिनन्दनकाे दाेश्राे अधिवेशन सुरु भएकाे थियाे ।

दाेश्राे अधिवेशनबाट आज चाैहानकाे संयोजकत्वमा २५ सदस्यीय पाल्हिनन्दन पालिका कमिटी चयन गरिएको जनमत पार्टीका प्रदेश सदस्य सन्ताेष गिरीले जानकारी दिनुभयाे ।

यस अघि पालिका संयाेजककाे पद निस्क्रिए रहेकाले आजकाे अधिवेशनबाट पुर्णता गरिएकाे जनमत पार्टी नवलपरासीले जनाएको छ भने पर्यवेक्षककाे भुमिका प्रदेश सदस्य गिरीले निर्वाह गर्नुभएको थियाे ।