रामग्राम नगरपालिका वडा नं ४ स्थित युवा युवतीलाई दुई दिने पत्रकारिता तालिम सुरु

सुरज यादव,नवलपरासी/आषाढ २० ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ स्त्तित राधा कृष्णको सभाहलमा युवा युवतीहरुलाई दुई दिने पत्रकारिता तालिम सुरु भएको छ ।

रामग्राम ४ नं वडा कार्यालयको आयोजना तथा पब्लिक फाउन्डेसन रामग्राम ४ सूर्यपुरा को सहकार्य मा दुई दिने पत्रकारिता तालिम रामग्राम ४ का वडा सदस्य शिव प्रसाद कोहरको अध्यक्षता तथा वडा नं ४ का वडा अध्यक्ष मदन यादवको प्रमुख आतिथ्यतामा सुरु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले यो दुई दिने तालिममा सिखेका ज्ञान एबम् सीपलाई गाउँ समाजमा भए गरेका घटनाहरु उठान गराउनेमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा वडा सचिव विष्णु कुमार आले, पत्रकार सुरेश यादव , बेचु गौड, पब्लिक फाउन्डेसनका सदस्य सुरज यादव लगायतले बोल्नु भएको वडा सदस्य प्रभु लाल मौर्यले जानकारी दिनुभयो । साथै तालिममा २५ जना युवा युवतीहरुको सहभागिता रहेको छ ।