महेश यादव ,नवलपरासी/ आषाढ १८ ।
अवैध रुपमा मेनपावर संचालन गरेका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर -५ बाईपास स्थित बिना दर्ता मेनपावर संचालन गरेका दुई भारतीय नागरिकलाई विशेष सुचनाकाे आधारमा प्रहरीले पक्राउ गरेको हाे।
मंगलबार दिउँसो ३:३० बजे जिल्ला प्रहरी कार्यलय नवलपरासीबाट खटिएको प्रहरी टाेलिले साेधपुछ गर्दा दर्ता नभएको र अनुसन्धानकाे क्रममा ५ दिन अगाडिदेखि अवैध रुपमा संचालनमा रहेको जेडि मेनपावर सर्भिसेसका संचालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बैदेशिक रोजगारिका लागि रसिया,अस्ट्रेलिया, ईटाली लगायतका देशहरुमा लैजाने उद्देश्यले कार्यालय संचालन गरेका भारतकाे महाराष्ट्र प्रदेश जिल्ला मुम्बई पोष्ट बर्भे नगर गाँउ असल्फा वस्ने वर्ष २४ को र्निसग रविंन्द्र राणे र महाराष्ट्र प्रदेश जिल्ला मुम्बई पोष्ट मुम्बई जि.पी.ओ. कोलाव वस्ने वर्ष ३७ को जावेद मसिहलाई प्रहरी टाेलिले पक्राउ गरेको हाे ।
मेनपावर संचालन गर्ने दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिई प्रहरीले रितपूर्वक खानतलासी गर्दा २ थान मोबाईल, १ थान ल्यापटप ,भारतिय आधार कार्ड, बैंकको चेकबुक र डेविड कार्ड सहित फेला पारी कार्यालयको बोर्ड हटाई सिल गर्नुका साथै बरामद सामान तथा ती दुई व्यक्तिहरुलाई आवश्यक कारवाहिका लागी श्रम तथा रोजगार कार्यालय बुटवललाई बुझाइएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयो ।
साथै अनुसन्धानका क्रममा हालसम्म कोहि कसैको उजुरी वा गुनासो प्राप्त नभएको हुदा यदि सो सम्वन्धि कुनै उजुरी वा गुनासो भएमा जिल्ला प्रहरी कार्यलय वा श्रम तथा रोजगार कार्यालय वुटवलमा सम्पर्क गर्नु हुन सुचना अधिकारी बाेहराले जानकारी दिए ।