सुरेश यादव,नवलपरासी / असार १५ ।
जनता समाजवादी पार्टी नेपाल नवलपरासीले २१ओैं राष्ट्रिय धान दिवस शनिबार रामग्राम – ४ सुर्यपुरामा मनाएकाे छ ।
जसपा नेपाल रामग्राम नगर संयाेजक तथा जिल्ला सचिव मदन यादवकाे अध्यक्षता तथा जिल्ला अध्यक्ष धरेन्द्र यादव प्रमुख आतिथ्यतामा धान राेपी दिवस मनाएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले धेरै समय पछि गए राति परेकाे पानीले किसानहरुलाई राहत पुगेकाे बताउदै धान उत्पादनमा बृद्धीकाे लागि रसायनिक भन्दा प्रंगारिक मल प्रयाेग गर्नु पर्नेमा जाेड दिनुभयाे । उहाँले प्रंगारिक मलकाे प्रयाेगले माटाेकाे उर्बरा शक्तिलाई वृद्धि गरि धान उत्पादनमा बढाउनमा मदत पुग्ने बताउनुभयाे ।
साथै धान राेपे पश्चात् वडा नं ४ काे कार्यालय परिसरमा दहि चिउरा खाई असार १५ तथा राष्ट्रिय धान दिवसकाे शुभकामना समेत अदानपर्दान गरेकाे समाजवादी युवा संघका जिल्ला अध्यक्ष अजय गुप्ताले जानकारी दिनुभयाे । कार्यक्रममा वडा नं ४ का वडा सदस्य प्रभु लाल माैर्य, जिल्ला सदस्य विजय नाथ यादव,पन्चराम हरिजन,युवा नेता सुवासचन्द्र यादव लगायतकाे उपस्थिति रहेकाे थियाे ।