सुरेश यादव,नवलपरासी / असार १५ ।
पश्चिम नवलपरासीको पहिलाेे रेडियाे सामुदायिक रेडियाे परासी ९०.२ मेगाहर्जले खानेपानी र सरसफाईमा हाम्राे प्रतिबद्धता नामक वार्षिक बुलेटिन आज शनिबार एक कार्यक्रमकाे बिच विमाेचन गरेकाे छ ।
रेडियाे परासीका अध्यक्ष राजकुमार रेश्मीकाे अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगाैती यादव रुदलकाे प्रमुख आतिथ्यतामा आज असार १५ राष्ट्रिय धान दिवस तथा २०७२ साल असार १५ गते नवलपरासी जिल्ला खुल्ला दिसा मुक्त क्षेत्र घाेषणा गरेकै दिनकाे अवसरमा खानेपानी र सरसफाईमा हाम्राे प्रतिबद्धता नामक बुलेटिन १०ओैं विमाेचन भएकाे हाे ।
रेडियाे परासीले विगत ९ वर्ष देखि राष्ट्रिय सरसफाई दिवसकाे अवसरमा सप्ताह व्यापी विभिन्न कार्यक्रम गर्दै आएकाे र यस वर्ष पनि रेडियाेकाे अगुवाईमा जिल्लाका दर्जन बढी संघसंस्थाहरुकाे सहकार्यमा विभिन्न गरिएकाे रेडियाेका काेषाध्यक्ष चन्द्रमणी चाैधरीले जानकारी दिनुभयाे ।
साथै सप्ताह व्यापी कार्यक्रमकाे पहिलाे र दाेश्राे दिन सचेतना सम्बन्धि सय वटा ढुङ्गामा गरिएको स्टाेन आर्ट परासी बुद्ध चाेक देखि निलाेसम्मकाे बिच डिभाईडरमा राखिएको रेडियाेका प्रबन्ध निर्देशक मेघराज गाैतमले बताउनुभयाे । कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष थान प्रसाद गैरे,रेडियाेका संस्थापक अध्यक्ष सुमन गाेपाल आचार्य,सचिव ताेरेन्द्र जिसी,स्टेसन म्यानेजर बिकास अधिकारीले बाेल्नुभएकाे थियाे ।