सुरेश यादव,परासी / असार ०८ गते ।
पश्चिम नवलपरासीमा भाेलि शनिवार असार ८ गते नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आउन लाग्नु भएको छ । नवलपरासीमा २०१५ सालको निर्वाचनमा प्रथम जननिर्वाचित सांसद स्व. पृथ्वीराज कण्डेलको अर्धकदको शालिक अनावरण र स्व. पृथ्वीराज कण्डेल बसपार्क समुदघाटन गर्न सभापति आउने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस पाल्हिनन्दन गाउँ कार्यपालिका कार्य समिति सचिव शैलेश यादवले बताउनुभयो ।
स्व. पृथ्वीराज कण्डेलको नाममा पाल्हीनन्दन १ महेशपुरमा सुविधा सम्पन्न बसपार्क निर्माण भइसकेको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कण्डेलको पहलकदमीमा सहरी विकास मन्त्रालयको १ करोड, पाल्हीनन्दन गाउँपालिकाको १० लाख र वडा नं. १ को ३ लाखको लागतमा आकर्षक बसपार्क निर्माण भएको हो ।
निर्माण सम्पन्न बसपार्कको समुदघाटन गर्न पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति देउवा नवलपरासी आउनलाग्नु भएको नेपाली काङ्ग्रेस पाल्हिनन्दन गाउँ कार्यपालिका कार्यसमिति सभापति हरिहर चाैहानले जानकारी दिनुभयो ।