सुरेश यादव,परासी / असार ०१ ।
पश्चिम नवलपरासीको नेपाल रेडक्रस साेसाईटी सरावल बालपुरी उपशाखाले रक्तदान गर्ने रक्तदातालाई शुक्रबार विश्व रक्तदाता दिवसकाे अवसरमा सम्मान गरेकाे छ । उपशखाका अध्यक्ष भाेलेनाथ काेईरी सन्जयकाे अध्यक्षता तथा सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजनकाे प्रमुख आतिथ्यतामा रक्तदाता सम्मान भएकाे हाे ।
सम्मान कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी लुम्बिनी प्रदेश काेषाध्यक्ष हैदर अलि माेमिन,सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्रा,नेपाल रेडक्रस साेसाईटी जिल्ला सभापति राजेन्द्र अग्रहरी,उपमन्त्री एवम् रक्त संचार समिति संयाेजक सुरज केसी,नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार,सरावल उद्योग वाणिज्य संघ अध्यक्ष शुसान्त शर्मा घिमिरे,रेडक्रस साेसाईटीका उपाध्यक्ष कृष्णप्रसाद लामिछाने लगायतले बाेल्नु भएकाे बालपुरी उपशाखा सचिव दिपराज रायले जानकारी दिनुभयाे ।