सुरेश यादव,परासी/जेठ ३२ ।
समाजमा बर्षेनि बढिको पिढा भोग्दै आएका छन् । बर्षको समयमा बाढि संग जुधी रहेको स्थानियको कुरा सुनिने कोहि भएन् । खोला नालाहरुले नदिजन्य पदार्थको व्यवस्थीत र घाटगद्वी गरि नियमन गर्न ठेक्का वन्दोवस्तको जिम्मा लिएका ठेकेदारहरुबाट भएको अप्राकृतिक एवं अवैध उत्खनन्को पिडा भोगीरहेकाे नवलपरासीको सुनवल नगरपालिकाका स्थानिय हरु ।
पश्चिम नवलपरासीको सुनवल नगरपालीकामा अवस्थित बिभिन्न खोला – नदिहरुमा अहिले ठुला उपकरण जेसिभि ,हेक्साभेटर प्रयोग गरि अबैध उत्खनन् गर्ने कार्य तिभ्र गतिमा भइरहेको छ । हुन त यो खोलाको अवैध दोहन गर्ने कार्य यस वर्ष मात्र भइरहेको भने होईन प्रत्येक वर्ष यसरी नै ठेकेदारले सम्वन्धीत निकाय संगकाे सेटीङ्ग मिलाई प्राकृतीक सम्पदाको अवैध अनि चरणरुपमा दोहन गर्दै आइरहेका छन् ।
ठेकेदारको नाम धारण गरेका खोला दोहन माफियासंग प्रत्येक वर्ष झै अहिले पनि जुधि रहेको छ सुनवल नगरपालिका अन्र्तगत पर्ने तुरिया ,भुमहि ,पानभार , बिसासय खोला ,तुरिया र भुमहि खोला गौरभको योजान भनेर बुटवल नारायणघाट सडक र गौतमबुद्घ बिमानस्थालको लागी चाइना कन्ट्रक्सन र आशिष क्षमादेबी बुद्घ हिमाली जे.भी लाई अमानातको नाममा जिम्मा नगरपालिकाले दियो तर ति खोला माफियाको हातमा पुगेको छ । चाइना कन्ट्रक्सनले देव मगरलाई ढुवानीको जिम्मा दिइको छ तर मगरले भने कमिशनको करणले स्थानिय खोला माफियाको सेटिङ्गमा अबैधरुपमा डमफिङ्ग गरिरहेका छन् ।
कँहा छ त अवैध डमफिङ्ग सुनवल नगरपालिकाले तुरिया खोलाको नदिजन्य पदार्थ चाइना कन्ट्क्सानको केस्रर र केस्ररको पुर्व तुरिया खोलाको किनारमा डामफिङ्घ गर्न अनुमाती दिईएको छ तर मगरले सवै प्रशासनलाई आर्थिक प्रलोभलमा परी अवैध तरिकाबाट माछारमाराको उतरी जगंलमा, रमवापुर , तुरिया खोलाको किनरामा , नगरले तोकेको स्थानमा डमफिङ्ग नगरेर अनाधिकृत ढङ्गबाट माछारमाराको उतरी जगंलमा, रमवापुर , तुरिया खोलाको किनरामा , नगरले तोकेको स्थानमा डमफिङ्ग नगरेर अनधिकृत ढाङ्गबाट डामफिङ्घ गरेका छान गरिरहेका छान । भने उक्त भुमही खोलको नदिजन्य पदार्थ गौतमबुद्घ बिमानस्थालको लागी आशिष क्षमादेबी बुद्घ हिमाली जे.भी लाई अमानात रामग्राम नगरपालिकाको वडा नः ११ को तीन स्थानमा डामफिङ्घ गर्न अनुमाती सुनवल नगरपालिकाले दिईएको छ तर रामग्राम १२ मा पर्ने जिल्ला कारागर अगाडी , दाउन्ने फलोर मिल अगाडी अवैध डमफिङ्ग गरिरहेको छ ।
यस बिषयमा सुनवल नगरपालिकाको खोला संयोजक कमल प्रुसाद चुवाई खोलाको बिषयमा म संग केही कुरा नगरे हुन्छ भने तोकेको स्थान बाट अन्यात्र डमफिङ्ग गरेमा स्टाक प्रमाणित नगर्ने बतानुभयाे ।
ठकेदारहरुले सेटीङ्ग मिलाएर मेसीन उपकरणबाट अवैध उत्खनन गर्ने योजना नै वनाएर ठेक्का हाल्ने गरेको देखिन्छ । प्रत्येक वर्ष हुने खोला ठेक्का प्रकृयामा सुनवल नगरपालीका, जिल्ला समन्वय समिती स्थानीय राजनितिक दलका नेता , स्थानीय प्रहरी , स्थानीय प्रशासन, बन कार्यालयल लगायतका निकायलाई आर्थिक प्रलोभनमा पारी खोलामा मेसीनको प्रयोग गरी अबैध उत्खनन गरि डमफिङ्ग गरिरहेका छन जहा कुनै पनि मापडण्ड पालना गरिएको पाइदैन ।
अहिलेको समयमा राजनितिको माला जप्ने जनप्रतिनिधी त झनै राम्रो अवसर जुटेको ठानेका छन् यी खोला बाट रातारात लाखौ कमाउने सपना पालेका ठकेदार समुह । राज्यका नियामक सवै अंगहरु माला जपाने बिभिन्ना वाहानामा रात दिन जेसिभि ,एक्साभेटरबाट अवैध उत्खन्न तथा अवैध स्टक गर्नमा तल्लीन अनि सक्रिय देखिन्छन यो प्रकृतिक अवैध दोहन गिरोह । सुनवल नगरपालीका स्थित भुमहि खोलाको ठेक्का इन्द्रेणी क्रेसर प्रालिले प्रशासन संग उठवस गरेका समुहले नै अवैध उत्खनन्नको नेतृत्व गरिरहेको छ । यसरी आखा मात्र चिम्लीदिए र भागवण्डाको रकम सजिलै आउने हुदा प्रहरी प्रशासन लगायतका अन्य नियामक निकाय पूणर्रुपमा मौन रहि कर्तव्य भन्दा पनि अवसरको फाइदा उठाउने पक्षमा देखिन्छन् ।
अवैध खोला दोहन हुदा प्रत्यक्ष असर र प्रभावको चपेटामा पर्ने स्थानीय समुदाय समेत मौन देखिएका छन अन्तत्वः स्थानीयवासी देखि नगरपालीका प्रहरी प्रशासन, वन कार्यालय, चुरे संरक्षण समिति, जिल्ला समन्वय समिति लगायतका नियामक अधिकार राख्ने सम्पूणर् सम्यन्त्रहरुको अगाडीबाट ठेकेदारनामको माफियातन्त्रले यो प्राकृति सम्पन्दा माथी खुलेआम गरिरहेको चिरहरण रोक्ने दायीत्व कस्को हो ।
जवाफ दिने निकाय कुन हो यो प्रकृतिले हामी संग गरिरहेको आजको ट्टकारो प्रश्न हो यो । यसै विच पेट पाल्नैका निम्ती खोलालाई आधार वनाएका केही स्थानीय व्यक्तिहरुले यसरी हातले गिटी वालुवा चालेर दैनीक गुजारा चलाउने वर्ग पनि खोलामा भेटीन्छन् । र यिनीहरु ले सोचिरहेका छन हामी नियम परिधि भित्र रहि एक टीपर खोलाजन्य सामाग्री जम्मा गर्न वटुल्न १ हप्ता लाग्छ तर राज्यको सिपाहीका खोल लगाएका मतियारहरुसंग साठगाठ गर्ने ठेकेदारहरु १ मिनेटमै अप्राकृतिक उत्खनन् गरि सवैलाई कमिसन पुरयाउदै रमाइरहेका छन् आज । यसरी दिन दहाडै खोलाको चिरहरण हुदा नगर प्रहरी , नेपाल प्रहरी, जिल्ला प्रशासन , जिल्ला समन्वय समिती ,जिल्ला वन र स्थानीय राजनितिक दलका नेता सवै चुपचाप बस्नुको पछाडी ठुलै आर्थिक प्रलोभनमा पारीएको देखिन्छ ।
राज्यको श्रोत दोहन गरिरहेका छन, सक्नेलाइ होईन, नसक्ने र हामि जस्ता निर्धालाई हो कानुन, धिक्कार्दै छन् राज्यव्यवस्था प्रणालीलाई ।