सुरेश यादव,नवलपरासी / जेठ २३ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ राधाकृष्ण मन्दिर बैरिहवामा जलवायु परिवर्तन सम्बन्धित सचेतना २ दिने गाेष्ठी कार्यक्रम विश्व वातावरण दिवसकाे अवसरमा मुलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवल ४ रमावापुरकाे आयोजनामा सम्पन्न भएकाे छ ।
वन समुहका अध्यक्ष यज्ञप्रसाद पाण्डेकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा अध्यक्ष पाण्डेले याे २ दिने गाेष्ठीमा सिकेका हरेक कुरा आ-आफ्नो समाजमा जलवायु परिवर्तन बाट हुने हानी नाेक्सानी राेक्न सकिने र जलवायु परिवर्तनलाई न्युनिकरण गर्न सकिने र वन जङ्गल हुन नदिन सहयाेग पुग्ने धरण व्यक्त गर्नुभयाे ।
गाेष्ठी कार्यक्रमकाे समापनमा वन समुहका उपाध्यक्ष तथा रामग्राम ४ का वडा सदस्य प्रभु लाल माैर्य,समाजसेवी शैलेन्द्र सहानी,वन समुहका काेषाध्यक्ष अवधेश यादव,सचिव समीक्षा सिंजापति र सहभागीहरुकाे तर्फबाट रेखा कुमारी नापित,प्रभुनाथ सहानीले आ-आफ्नाे धारणा राख्नुभएको कार्यक्रममा दुई दिन जलवायु परिवर्तन विज्ञ सुदर्शन खरवार,बिशाखा चाैधरीले प्रशिक्षण दिनुभएकाे वन समुहका सदस्य पंचराम हरिजनले जानकारी दिनुभयाे । गाेष्ठी कार्यक्रममा ४० जनाकाे सहभागिता रहेकाे आयाेजकले जनाएको छ ।