सुनवलकाे भुमहीमा दुर्घटना हुदा १ जनाकाे मृत्यु र १ जना घाईते

सुरेश यादव,नवलपरासी / बैशाख १६ ।

पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ट्रक र स्कुटर एक आपसमा ठाेकिदा १ जनाकाे मृत्यु भएकाे छ भने १ जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेकाे यु.पी ५५ बि टी २५४६ नम्बरको ट्रकले साेही दिशा तर्फ जादै गरेकाे लु २६ प ९२८ नम्बरको स्कुटरलाई विहान १०:३० बजेकाे समयमा ठक्कर दिएकाे हाे ।

स्कुटरमा पछाडि सवार गुल्मी जिल्ला घर भई हाल सुनवल १३ सुन्दर बस्ती काेठा भाडामा बस्ने वर्ष अन्दाजी ३७ काे कमला घर्ती मगरकाे टाउकाे र छातिमा चाेट पछि पृथ्वी चन्द्र अस्पताल परासीमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ । साेही स्कुटर चालक सुनवल १३ सुन्दर बस्ती बस्ने वर्ष ५५ काे कर्ण बहादुर गुरुङकाे दायाँ खुट्टा र दायाँ हातमा चाेट लागेकाे अवस्था सामान्य रहेकाे र सामुदायिक अस्पताल भुमहीमा भईरहेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी रेशम बाेहराले जानकारी दिनुभयाे ।

ट्रक चालक भारतकाे आजिङगढ बस्ने वर्ष अन्दाजी ३१ काे श्रवण यादव,ट्रक र स्कुटर प्रहरीकाे नियन्त्रणमा रहेकाे सुचना अधिकारी बाेहराले बताउनुभयो ।