सुरेश यादव,नवलपरासी / बैशाख ११ ।
नेकपा एमालेकाे पश्चिम नवलपरासीको जिल्ला कमिटी नवाैं ऐतिहासिक अधिवेशन यहि बैशाख २१ र २२ गते सुनवलमा हुने भएकाले आज एमालेले पत्रकार सम्मेलन गरि जानकारी गरेकाे छ ।
जिल्ला अधिवेशनमा प्रमुख अतिथीकाे रुपमा नेपाल कम्युनिस्ट पार्टी एमाले का अध्यक्ष के.पी. शर्मा ओलीकाे उपस्थिति हुने जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले जानकारी दिनुभयाे । अधिकारीका अनुसार अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नकाे लागि विभिन्न १३ वटा विषयगत उपसमितिहरु बनाई जिम्मेवारी दिएको बताउनुभयाे ।
जस्काे प्रतिवेदन लेखन उपसमितिमा संयाेजक दिपेन्द्र कुमार अधिकारी,सह-संयाेजक डाेलराज भण्डारी,प्रतिनिधि व्यवस्थापनकाे संयाेजक धिरज शर्मा बस्याल,सह-संयाेजक रिङ्गला यादव रहनु भएकाे छ भने प्रचार प्रसार उपसमितिकाे संयाेजक राजनकुमार आचार्य,सह-संयाेजक दधिराम अर्याल,आर्थिक व्यवस्थापनकाे संयाेजक डाेलराज भण्डारी,सह-संयाेजक सुर्यप्रसाद दुवे रहनुभएकाे छ ।
त्यस्तै खाद्य तथा आवास व्यवस्थापन उपसमिति संयाेजक रामचन्द्र भण्डारी,सह-संयाेजक यम कुमारी सुवेदी,मञ्च व्यवस्थापन संयाेजक थमन सिंह नेपाली,सह-संयाेजक कर्ण बहादुर सेन,जनसाँस्कृतिक व्यवस्थापन उप समिति संयाेजक सुवाेध जागृत बुढाथोकी,सह-संयाेजक देवीप्रसाद अधिकारी,अतिथि सत्कार व्यवस्थापन संयाेजक दिपेन्द्र कुमार अधिकारी,सह-संयाेजक इश्वरी घिमिरे रहनुभएकाे एमाले जनाएको छ ।
यस्तै मसलन्द तथा छपाई व्यवस्थापन उप समिति,स्वयंसेवक व्यवस्थापन,स्वास्थ्य स्वयंसेवक व्यवस्थापन,जनपरिचालन उप समिति र यातायात व्यवस्थापन उप समिति बनाईएकाे अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताउनुभयाे । अधिवेशनमा २० पार्टीका सदस्य बराबर १ प्रतिनिधि रहने,हरेक ३ बराबर एक,हरेक ५ बराबर २ महिला अनिवार्य र हरेक ५ प्रतिनिधि बराबर १ युवा रहने अनिवार्य रहेकाे अध्यक्ष अधिकारीले जानकारी दिनुभयाे । जनवर्गीय संगठनमा १ जनसंगठन बराबर १ जना प्रतिनिधी रहने साथै निर्वाचन क्षेत्र वडा रहने गरि अधिवेशन मितिकाे ५ दिन अगाडि बैशाख १७ गते एकै दिन पर्ने गरि प्रतिनिधि गरिने जिल्ला सचिव धिरज शर्मा बस्यालले बताउनुभयाे ।