भन्सार छलि ल्याईएका सामान र गाडि सहित मानिस नवलपरासी प्रहरीकाे नियन्त्रणमा

सुरेश यादव,परासी / बैशाख १० ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन १ महेशपुरबाट भन्सार छलि ल्याईएका सामान र गाडि सहित मानिसलाई नवलपरासी प्रहरीले नियन्त्रणमा लएकाे छ ।

गए राति ९:४५ बजेकाे समयमा ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टाेलीले महेशपुर चाेकदेखि भारतबाट नेपालतर्फ आउँदै गरेकाे बा १८ च ५०५३ नम्बरको कार राेकी चेकजाँच गर्दा उक्त कारकाे डिक्की भित्र भन्सार छलि चाेरी निकासी गरि लुकाई छपाई ल्याएकाे डाैनल ग्रुप कफि मेसिन र कफि विन ग्रिन्डर फेला पारी बरामद गरिएकाे सुचना अधिकारी प्रहरी निरिक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार उक्त सामानकाे मूल्य अन्दाजी ४ लाख बराबरको रहेकाे र कार सहित कास्कि जिल्ला पाेखरा महानगरपालिका ३० सिसुवा बस्ने वर्ष ३४ काे कार चालक राजकुमार ताम्राकार साथै कारमै सवार साेहि ठेगाना भएका वर्ष २९ काे सुदिप तिमिल्सिनालाई नियन्त्रणमा लिई आज उक्त सामानकाे मूल्य ४ लाख र कारकाे अन्दाजी मूल्य १५ लाख गरि जम्मा मूल्य १९ लाख बराबरकाे सामान र २ दुवैजना ईलाका प्रहरी कार्यालय महेशपुर मार्फत आवश्यक कार्वाहीकाे महेशपुर भन्सार कार्यालय पठाई थप अनुसन्धान कार्य भईरहेकाे सुचना अधिकारी पन्थीले बताउनुभयाे ।