रोटरी क्लब अफ नवलपरासी द्वारा आगलागी पीडितलाई राहत वितरण

ज्ञानेश्वर सहानी,नवलपरासी/बैशाख १० ।

पश्चिम नवलपरासीको पल्हिनन्दन गाउँपालिका वडा नम्बर ०६ पडरीका आगलागी पीडितलाई रोटरी क्लब अफ नवलपरासीले राहत वितरण गरिएको छ ।

रोटरी क्लब अफ नवलपरासीले सोमबार तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया मरेका पीडितलाई राहत सामग्री वितरण गरेका छन् ।

रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष बिरेन्द्र अग्रहरीले गर्मी बढिरहेको तथा हवा हुरी, बतास चल्न शुरु भएको यस समयमा विगत केही दिनदेखि जिल्लाका केही गाउँ ठाउँमा आगो तीव्ररुपमा फैलिएकाले सजग हुन आग्रह गर । खडेरीको मौसममा गाउँ घर बस्तीमा आगो फैलिन पुगी जनधनको क्षति हुनुका साथै वन पैदावार, वन्यजन्तु तथा पक्षीसमेतलाई हानिनोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्ने भन्दै सुक्खायाम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँ वरिपरिको क्षेत्रलाई आगो लागि बाट जोगाई संरक्षणतर्फ अग्रसर हुन स्थानीयवासीलाई अनुरोधसमेत गरे । उनले आफ्नो घर वरिपरि तथा वनजङ्गलमा आगलागी हुन नदिन स्थानीयवासी नै चनाखो हुनुपर्नेमा जोड दिनुभयाे ।

आगलागी पीडितलाई राहत वितरणमा रोटरी क्लब अफ नवलपरासीका सदस्यहरु बाट सहयोग आएको रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष अग्रहरीले बताउनु भएको थियो । भने राहत वितरण कार्यक्रममा सुमन गोपाल आचार्य , सुनिल कसौधन , मेघराज गौतम , पुर्सोत्तम ढकाल , नानु कुमारी खड्का मनोज गिरि लगाएको सहभागिता रहेको थियो ।

शुक्रबार दिउँसो २ बजे पडरीमा लागेको आगोलागीबाट ४ वटा घर पुर्ण क्षती भएको थियो क्षतिमा रामवृज धोबी , रामबृक्ष धोबी(बुलाकी ) , चद्रीका दोबी ,चन्ना धोबी छन भने आंशिक क्षति राजेश धोबी ,भिखारी धोबी , कोइल पठान ,मेराज पठान ,कैस मोहम्मद अन्सारी ,हैदर अलि अंसारी ,इद्रीस पठान ,कमरान अन्सारीका घर जलेका थियो ।

घरमा भएका महत्वपूर्ण कागजात, पैसा, लत्ताकपडा, खाद्यान्नलगायत सामग्री जलेर नष्ट भएको छ ।