नवलपरासी/बैशाख ०९ ।
योगदान राष्ट्रको लागि झापा जिल्ला शाखाको आयोजनामा योगदान राष्ट्रको लागि बुद्धशान्ति गाउँपालिका समिति गठन, मन्दिर सरसफाइ कार्यक्रम तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष प्रदिपकुमार संग्रौलाको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एक अर्कामा नयाँबर्षको शुभकामना आदानप्रदान गर्नुका साथै बुद्धशान्ति गाउँपालिका समिति गठन गरिएको छ ।
समितिको अध्यक्षमा बालकृष्ण खतिवडा चयन हुनुभएको छ भने उपाध्यक्ष ज्ञानु भट्टराई, सचिब आरती घिमिरे, सह–सचिव एमप्रसाद लुइँटेल, सह-सचिव बृक्षा खतिवडा, कोषाध्यक्ष कमला रिजाल चयन हुनुभभएको छ । सदस्यहरुमा शान्तिला ढकाल, ख्याम कोइराला, गंगा आचार्य, झुमा अर्याल, ओमकार बास्कोटा लगायत ११ सदस्यीय गाउँपालिका समितिलाई भेलाले अनुमोदन गरेको हो ।
कार्यक्रममा विभिन्न समाजसेबी, वडा सदस्य, प्रमुख अतिथि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाकी आजिबन सदस्य यमुना रिजालले स्वागत मन्तव्य राख्नु भएको र कार्यक्रम संचालन डिल्लीराम पोखरेलले गर्नुभएको थियो ।