जनतासँग जनप्रतिनिधि कार्यक्रम आज देखि प्रतापपुरमा शुरु

नवलपरासी/बैशाख ०३ ।

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिकामा आज देखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु भएकाे छ । आज प्रतापपुर गाउपालिका वडा न १ देखि कार्यक्रम लाई बिधिवत रुपमा उदघाटन गरि सुरुवात गरिएकाे हाे । सबाद ,सहकार्य र बिकास काे उदेश्य लिएर कार्यक्रम सन्चालन गरिएकाे छ । आज वडा नं १ काे जमुनिया , शान्तिटाेल ,सिसहनिया ,कजडहिया ,भिठ्ठा ,उचमिटाणी टाेलमा पुगि जनताहरुसग जनप्रतिनिधि सबाद कार्यक्रम गरिएकाे छ । स्थानिय जनताहरुले खानेपानी समस्या, सडक निर्माण ,सिचाईका लागि बिद्युतिकरण लगायतका समस्याहरु बारे स्थानीयहरुले गाउँपालिका जनप्रतिनिधिहरु समक्ष गुनासाे गरेका थिए ।

जनताहरुकाे जिज्ञासाहरु सुनेर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जनताबाट आएका समस्याकाे समाधान गर्न आफु प्रतिबद्ध रहेकाे बताउनुभयाे ।

गाउँपालिका प्रशासनिक भवन ,प्रतापपुर चक्रपथ ,प्रतापपुर अस्पाताल , शैक्षिक बिकास ,सिचाईका लागि बिद्युतियकरण जस्ता कार्यक्रम सन्चालन रहेकाे स्थानिय  जनतामा खुसियाली अाएकाे  समेत अध्यक्ष यादवले  दाबि गर्नु भयाे ।कार्यक्रम गापा अध्यक्ष उमेशचन्द्र यादव ,उपाध्यक्ष मानकुमारी चाैधरी ,वडा न १अध्यक्ष वडा सदस्य ,पत्रकार ,स्थानिय हरुकाे सहभागिता रहेकाे थियाे । यसैगरि कार्यक्रम प्रत्येक वडामा १२ गते सम्म सन्चालन हुने बताईएकाे छ।