सुरेश यादव,नवलपरासी / चैत ०३ ।
प्रेस चौतारी नेपाल पश्चिम नवलपरासीले आयोजना गरेको प्रदेश स्तरीय चौतारीकप व्याड्मिन्टन प्रतियोगिताको उपाधि मेघराज गौतम र राजकुमार रेश्मिको जोडिले हात पारेको छ । आज बिहान ७ बजेबाट परासीमा रहेको कर्भडहलमा भएको प्रतिस्पर्धामा रुपन्देहिका मिलन गाहा र सुन्दर तरामुको जोडिलाई आयोजक प्रेस चौतारी नवलपरासीको गौतम र रेश्मिको जोडिले २१–१६ र २२–२० को सोझो सेटमा हराएको हो । यसैगरी चौतारी प्रदेश कमिटिको वेनिमाधव बस्याल र गोविन्द घर्ति तथा प्रेम राम्जा र कपिल लामिछानेको जोडिले तृतिय स्थान हासिल गर्दा कपिलवस्तुका सागर पुन र सुर्य चुदाँलीको जोडिले सान्त्वना स्थानमा चित्त बुझाएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद १० हजार सहित मेडल र कप प्रदान गरिएको थियो भने दृतिय हुने टिमलाई नगद ७ हजार लगायत तृतिय र सान्त्वना स्थान हासिल गर्ने जोडिलाई पनि नगद सहित मेडल र कपले पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले संञ्चारकर्मिलाई पर्यटन प्रर्वद्धनलाई सम्वृद्धि संग जोड्ने गरी कलम चलाउन आग्रह गर्नुभयो । आफ्नै स्थानमा रहेका पुरातात्विक तथा एतिहासिक पर्यटकिय स्थलको चाल नपाएर नेपालीहरु विदेशी कला संस्कृतीको प्रचार गर्ने गरेको टिप्पणी गर्नुभयो । यादवले रामग्राम स्तुप र पण्डितपुर लगायतका स्थल रामग्रामको गहना भएको उल्लेख गर्दे ति स्थलको प्रर्वद्धनका लागी कलम चलाउन कन्जुस्याँई नगर्न प्रमुख यादवले पत्रकारहरुलाई आग्रह गर्नुभयो । विकास र सम्वृद्धिको लक्ष्य पुरा गर्न यो दल, त्यो दल भनेर नहुने बताउदै उहाँले सबै एक भएर सकारात्मक सोचले अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश संञ्चार परिषदका संयोजक मिलन गाहाले जनप्रतिनिधिले मात्र नभई पर्यटन प्रर्वद्धनका कार्यक्रममा सरकारी निकायका कर्मचारीहरुको पनि उस्तै सक्रियता रहनुपर्नेमा जोड दिनुभयो ।
पर्यटन प्रर्वद्धनको उदेश्यले चौतारीले दुई दिने कार्यक्रमको रुपमा नवलपरासीका पर्यटकिय स्थलको विषयमा जानकारी सहितको स्थलगत भ्रमण कार्यक्रम र व्याड्मिन्टन प्रतियोगिता आयोजना गरेको अध्यक्ष मेघराज गौतमले बताउनुभयो । सो क्रममा शुक्रबार लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका प्रेस चौतारीमा आवद्ध सञ्चारकर्मिहरु रामग्राम, सरावल र पाल्हीनन्दनका विभिन्न एतिहासिक तथा पर्यटकिय स्थलको भ्रमणमा गएका थिए ।